» » सरदारले खानुभयो सपथ


मनिष गुप्ता
कपिलवस्तु, जेठ २४ गते । उद्योग वाणिज्य संघ कृष्णनगरद्वारा हिजो आयोजित नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले कृष्णनगरका सम्पूर्ण व्यापारीको संगठित आवाज भए मात्र विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

“पाइला चाल्नुहोस्, दौडाउन हामी प्रयास गर्नेछौं” भन्दै प्रजिअ घिमिरेले कृष्णनगरबासीलाई सहयोग गर्ने आश्वासन दिनुभएको थियो । कार्यक्रम उद्घाटनसँगै प्रजिअ घिमिरेले नव निर्वाचित उद्योग वाणिज्य संघका कार्यसमिति पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँदै सफल कार्यकालको बधाई एवं शुभकामना समेत दिनुभएको थियो ।

स्थानीयको सक्रियता विना कृष्णनगरको विकास असम्भव रहेको कपिलवस्तुकी प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले औल्याउनुभएको छ ।

जिल्लाको सबैभन्दा पुरानो व्यापारिक नाका नै कृष्णनगर भएकाले कृष्णनगरको समग्र विकासमा स्थानीय संगठित हुनुपर्ने घिमिरेले जिकिर गर्नुभयो ।

्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं वरिष्ठ राजनीतिज्ञ डा. रुद्रप्रताप शाहले उद्योग वाणिज्य संघलाई अगाडि बढाउन नवपदाधिकारीले भरपूर पहलकदमी चाल्नुपर्ने आग्रह गर्नुभयो ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले संघमा आबद्ध सम्पूर्ण उद्योगी व्यापारीहरुलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

साथै सबैसँग सहयोग र सहकार्य गरी दीर्घकालिन योजनाका साथ काम गर्नुपर्ने समेत उहाँले जिकिर गर्नुभयो । यस्तै आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख करअधिकृत गोविन्द प्रसाद अधिकारीले सम्पूर्ण उद्योगी व्यापारीले करनीतिलाई विशेष ध्यानमा राखी व्यवसाय संचालन गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिंहले संघमा आबद्ध सम्पूर्ण उद्योगी व्यापारीहरुसँग हातेमालो गरी सबैको हित हुने काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

यसैगरी संघका वरिष्ठ उपाध्यक्ष श्रवण कुमार सुरेका, उपाध्यक्ष दिनेशचन्द्र गुप्त, महासचिव घनश्याम अग्रहरी तथा सचिव लक्ष्मण भुसालले कृष्णनगरको समग्र विकासका लागि सबै उद्योगी व्यापारी व्यवसायीसँग सहकार्य गरी संगठित रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

साथै उनीहरुले चन्द्रौटा–कृष्णनगर क्षेत्रलाई औद्योगिक करिडोरका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । यस्तै प्रमुख निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले सौहाद्र्रपूर्ण वातावरणमा निर्वाचन कार्य सम्पन्न गर्नमा सहयोग पु¥याएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।


कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख एवं उपसचिव मेघनाथ पाध्या, जिल्ला प्रहरी उपरीक्षक विष्णु केसी, सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक मानबहादुर रजाली, कृष्णनगर भन्सार कार्यालयका भन्सार अधिकृत यम बहादुर थापा, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, मानवअधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..