» » सिके राउतको गाडी दुर्घटना बारे सिकिन्दर राजाको यस्तो छ बयान

सिकिन्दर राजा

हिजो सांझ ४.०० बजेतिर बारा जिल्लामा बनगढी पुल निर पथलैयातिरबाट आइ रहेको बेलामा हामी चढेको भाडाको स्कार्पियो भ्यान दुर्घटनाग्रस्त भएको छ । सबैजना सकुशल नै निस्कन सफल भएका छौं र (अहिले) जनकपुर निवासमा पुगिसकेका छौं। अगाडीको गाडी एक्कासी रोकिँदा ठोक्किनबाट जोगाउन साइड कटाउँदा गाडी दुर्घटनाग्रस्त भएको हो । स्मरणीय छ, बाराको बरियारपुर स्थित गढीमाईमा पूजाआजा गर्न सपरिवार आज (हिजो) गएका थियौं ।
प्रथम पटक यसपालि सुरक्षा व्यवस्थाका लागि बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय दुईटैलाई हामी सपरिवार आउने कार्यक्रमरसमयको विषयमा अवगत गराईएको थियो ।

मन्दिर वरपर कुनै प्रत्यक्ष सुरक्षा उपलब्ध गराइएको हामीले त पाएनौं, तर दुर्घटना भएर हामी गाडीबाट निस्केको ३० सेकेन्ड १ मिनेट भित्रमा ५, ७ जना प्रहरी  कमान्डो स्टाइलमैं पूरा नरोकिएको भ्यानबाट दुर्घटना स्थलमा ओर्लेका थिए, र त्यसको केही मिनेट पछाडी नै २ दर्जन भन्दा बढी सुरक्षाकर्मीको उपस्थिति त्यहाँ रहेको थियो । ३, ४ वटा प्रहरी भ्यान पनि देखिए ।

तर तिनीहरुले कुनै सहयोग गर्नु भन्दा पनि हाम्रो अन्तर्वार्ता लिनुमैं नै रुचि राखे, र एक घण्टापछि अधिकांश तिनीहरु गए (३, ४ जना प्रहरी बाहेक) ।
पछि स्थानीय केही साथीहरुको सहयोगले त्यहाँबाट घर सम्म पुग्न सफल भयौं। सबैलाई धन्यवाद।
(सिकिन्दरको फेसबुकबाट)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..