» » रक्षारामले पाउनु भयो सुभाष दर्नाल अवार्ड

काठमाडौ जेठ २७ गते । समाजिक र न्याय क्षेत्रमा क्रियाशिल अभियन्ता रक्षाराम चमार सुभाष दर्नाल अवार्ड पाउनु भएको छ । सुभाष दर्नालको जन्मतिथि जुन ८ को अवसरमा सामाजिक न्यायको क्षेत्रमा निरन्तर क्रियाशील कपिलबस्तु जिल्ला बाँसखोर–६ का २८ वर्षीय श्री रक्षाराम चमारलाई दिने उक्त निर्णय सार्वजनिक गरिएको हो ।

हिजो जारी गरिएको विज्ञप्ति अनुसार सामाजिक न्याय र दलित सशक्तीकरणका लागि सङ्घर्षरत व्यक्ति, संस्था वा आन्दोलनलाई सुभाष दर्नालको वार्षिक तिथिको अवसर पारेर हरेक वर्ष अगष्ट १५ का दिन दिइने यो अवार्ड आगामी २०७३ साउन ३१ का दिन एक अन्तर्राष्ट्रिय समारोहबीच चमारलाई प्रदान गरिने भएको छ ।

बुबा जिलाजीत चमार र आमा बासमती चमारको जेठो सन्तानको रुपमा २०४४ भाद्र १ गते जन्मिएका रक्षाराम चमार त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरी कानुनमा स्नातक गर्दै हुनुहुन्छ ।

हाल तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को मानवअधिकार अधिकृतको रुपमा क्रियाशील चमार अन्य दुई सामाजिक अभियन्तासँग मिलेर, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच २०७२ जेठ २५ गते भएको सोह्रबुँदे सहमतिलाई ‘असंवैधानिक’ भनेर दिएको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेशले नै नेपालको संविधान २०७२ मा सङ्घीयता सुनिश्चित हुने मार्ग प्रशस्त गरेको थियो ।

जागरण मिडिया सेन्टर तथा सरिता परियार ट्रष्ट फण्डद्वारा हिजो जारी गरेको विज्ञप्तिअनुसार यस पुरस्कार सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड, पुरस्कार छनोट समितिको सिफारिस बमोजिम निर्णय गरिएको थियो ।

यसका लागि लागि नेपालको सामाजिक, राजनीतिक तथा सामाजिक न्यायको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुभएका ५५ जना विशिष्ट व्यक्तिलाई प्रस्तावकका रुपमा आमन्त्रित गरिएकोमा ३० जनाले प्रस्ताव सिफारिस गरेका थिए ।

कुल प्रस्तावकमध्ये ३४ प्रतिशत दलित, २७ प्रतिशत जनजाति, २३ प्रतिशत ब्राह्मणरक्षेत्री र १३ प्रतिशत मधेशी समुदायबाट छन् भने उनीहरूमध्ये १७ प्रतिशत महिला छन् ।


को हुन रक्षाराम ?
शिक्षा, ज्ञान र चेतनाको दृष्टिले अत्यन्त पिछडिएको जाति हो चमार । सामान्यतया परम्परागतरुपमा अपठित र निर्धन मानिने यस जातिमा बल्लतल्ल बालबालिकालाई पढाउनुपर्ने चेतना आउँदैछ । कपिलवस्तुको बाँसखोर–६ का खेतीहरु किसान जीलाजीत चमारले भने चारभाइ छोरा र तीजना छोरीलाई पढाए ।

खेतीकिसानी र मजदूरी गरेर उनले पढाएका छोराछोरीहरुमध्येका जेठा सन्तान हुन् रक्षाराम हरिजन । रक्षाराम हरिजन अहिले राजधानीमा कानून पढ्दैछन् । तीनवर्षे स्नातकको अन्तिम वर्षका छात्र हरिजनले गत केही समययता जनसरोकारका विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । कतिपय रिटमा अदालतबाट भएका आदेशहरु ऐतिहासिक र दीर्घकालिन महत्वका छन् ।

संविधान निर्माण प्रक्रियामा सङ्घीयतालाई थाँती राखेर अघि बढ्ने सहमति दलहरुबीच भएपछि उहाँले अधिकारकर्मीहरु विजयकान्त लाल कर्ण र रीता साहसँग मिलेर दिएको रिटमा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश गिरिशचन्द्र लाल कर्णले दिएको अन्तरिम आदेशले नै संविधानमा सङ्घीयता सुनिश्चित हुने बाटो प्रशस्त भएको थियो ।

सञ्चारक नेपालका अुनसार बहिष्करण, पछयौटेपन र सीमान्तीकरणमा पारिएका समुदाय र जातजातिकै व्यक्तिले आफ्ना समस्यालाई गम्भीरतापूर्वक उठाउन सक्ने र तिनको इमानदार वकालत गर्नसक्ने विश्वासले अधिकारकर्मी दिपेन्द्रकुमार झाले रक्षारामलाई कानून पढ्न प्रेरित गरेर काठमाडौं ल्याउनु भएको थियो ।

हरिजनले मुख्यतया समावेशीसँग जोडिएका विषयहरुमा रिट दिने गर्नुभएको छ । न्यायाधीश नियुक्ति
समावेशी नभएको विषयमा उहाँले दिनु भएको रिट दरपीठ भएको विरुद्ध दिएको निवेदनमा मिसिलसँगै राखेर फाइल पेश गर्ने आदेश भएको छ । यसले सो सम्बन्धी मुद्दाअघि बढ्ने बाटो खुलेको छ । हरिजनले सो रिट समावेशीसँग सरोकार राख्ने जनजातिलगायतका व्यक्तिहरुसँग मिलेर दर्ता गराउन खोजेका थिए ।

पछिल्लोपटक मन्त्रिपरिषद्ले राजदूत नियुक्तिसम्बन्धी सिफरिस समावेशी नभएको भन्दै आज रिट निवेदन दर्ता गराउन गइरहेका रक्षारामले यसअघि तराईका विभिन्न ठाउँमा भएका आगलागीका घटनाबाट पीडित परिवारलाई उचित राहत र पुनसर््थापनाका लागि सम्बद्ध निकायहरुको नाममा उपयुक्त आदेश जारी गर्न भन्दै दिएको रिटमा विपक्षीहरुसँग सर्वोच्चले जवाफ मागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तको नियुक्ति पनि समावेशी नभएको भन्दै हरिजनले रिटनिवेदन दर्ता गराउनु भएको थियो । अधिकारकर्मी एवं कानूनव्यावसायी दिपेन्द्रकुमार झाका सहयोगीसमेत रहेका हरिजनले गाउँ नजिकै रहेको पकडी माविबाट एसएलसी उतीर्ण गरी भारतबाट आइएसस्सी गर्नुभएको छ । त्यसपछि तौलिहवा बहुमुखी क्याम्पसबाट शिक्षामा स्नातक पुरा गरेका उहाँ पश्चिम नेपालमा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था माहुरी होमसँग आबद्ध हुनुभएको थियो ।

बहिष्करण, पछयौटेपन र सीमान्तीकरणमा पारिएका समुदाय र जातजातिकै व्यक्तिले आफ्ना समस्यालाई गम्भीरतापूर्वक उठाउन सक्ने र तिनको इमान्दार वकालत गर्नसक्ने विश्वासले अधिकारकर्मी झाले

रक्षारामलाई कानून पढ्न प्रेरित गरेर काठमाडौं ल्याउनु भएको थियो  । राजधानीको महँगो बसाइँ र पढाइ खर्च जुटाउन आफ्नो सहयोगी बनाउनुभयो । रक्षाराम भन्छन्, –‘दिपेन्द्रसरले निकै मोटिभेट गरेपछि कानूनको विद्यार्थी भएको हुँ । अहिले उहाँकै रेखदेखमा जनसरोकार विषयमा न्यायिक उपचार खोज्नेतिर लागेको छु ।’ रक्षारामका भाइ सत्याराम हरिजन पनि कपिलवस्तुमै एउटा गैरसरकारी संस्थामा आबद्ध भएर दलित अधिकारका लागि वकालत गर्छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..