» » यातायातको अध्यक्षमा खान


मनिष गुप्ता
कपिलवस्तु असार १४ गते । कृष्ननगर यातायात व्यवसायी समीतीको २२ औ अधिबेशन तथा शाधारण सभा सम्पन्न भएको छ ।
अधिबेशनबाट पुन  जाबेद आलम खानको अध्यक्षतामा १३ सदस्यीय कार्य समीती चयन गरीएको छ । बरिष्ठ उपाधक्ष्य  नरेन्द्रराज चौधरी, उपाधक्ष्य सुमन यादब, महासचिबमा रामदाश चौधरी, सचिबमा मनोहर अलि शाह, कोशादक्षमा नुर मोहम्मद मुशलमान रहनुभएको छ । त्यसैगरी सदस्यमा अमिरलहक मुशलमान, दिनेश प्रशाद चौधरी, कौशल जमाल खा, लालजी प्रशाद चौधरी, दीपक घीमीरे रहनुभएको छ ।

दुई जना सदस्यपछि मनोनीत हुने बताईएको छ । कार्यक्रममा कपिलबस्तु यातायात व्यवासायी समितिका अध्यक्ष मोहम्मद ईनाम सेकको प्रमुख आतिथ्य, महासचिव अम्रिता खड्काको विशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रममा सवारी धनी सजन खाँ, दीपक घिमिरे, अर्जुन सापकोटा, रवी शाह लगायतले शुभकामना मन्तव्य दिदै बिगतका दिनमा भएका कमी कमजोरीहरु औल्याएका थिए ।

सोही कार्यक्रमकै अबसरमा कृष्न नगर यातायात व्यबसायी समितिका महासचिब राम दाश चौधरीले ०७१।०७२ को बार्षीक प्रतिबेदन पेश गर्नुभएको थियो । प्रतिबेदनमा ३८,९३,१६८।३२ बराबरको आय व्यय बिबरण प्रस्तुत गरीएकोमा उक्त प्रतिबेदन सर्ब सम्मतीबाट पारीत गरीएको छ ।

कृष्ननगर यातायात व्यवासायी समीतीमा अहीलेसम्म १०० वटा जिप र १२ वटा बस गरी ११२ वटा सबारी दर्ता भएका छन । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रतिनिधि, १०० भन्दा बढि गाडी धनीहरु, उपस्थिति रहेको थियो ।

जिल्लाको बहादुरगञ्ज ७ लोहरौला स्थित कृष्ननगर यातायात व्यबसायी समितिको भबनमा सम्पन्न कार्यक्रमको सञ्चालन उक्त समितिका कर्मचारी गोमाल कुमार चौधरीले गर्नुभएको थियो

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..