» » पेश्की असुलमा लागे नगरपालिका


मनिष गुप्ता
कपिलवस्तु जेष्ठ २७ गते । आर्थिक वर्ष समाप्त हुन १ महिनामात्र बांँँकी रहँदां कपिलबस्तु नगरपालिकाले करिब ३० लाख पेश्की असुलका लागी सक्रियता देखाएको छ ।

३० लाख सैतिस हजार ४ सय ९४ रुपैया कपिलवस्तु नगरपालिकाले आफ्नो जिम्मेवारीमा बिभिन्न उपभोक्ता समिती, पुर्व नगर अधिकृतहरु, निवर्तमान तथा पुर्व साबिक गाबिसका पदाधिकारीहरुको नाम देखिएको पेश्की फ्छौट तथा असुलीका लागी पत्रचार दोस्रो पटक जारी राखेको छ ।

साविक तिलौराकोट गाबिसमा आ.व. २०७०, ७१ सम्मको कुल पेश्की १८ लाख २१ ह्जार ९ सय ८३ रुपैया, यसैगरि साबिक गोटिहवा गाबिसमा सोहि आ।व। सम्मको कुल पेश्की ११ लाख १७ हजार ८ सय ११ रुपैया रहेको छ ।

यस्तै कपिलबस्तु नगरपालिकाको वार्ड नं. १ देखि १४ सम्ममा हालसम्म ९७ हजार ७ सय रुपैया पेश्की बांकी रहेको नगरपालिकाले जनाएको छ ।

जसमध्ये कपिलबस्तु नगरपालिकाका पुर्व कार्यकारी अधिकृत सुर्यनारायणलाल कर्ण, देशिराम पेसी, र नरेन्द्र बराल लगायत रहेको कपिलबस्तु नगरपालिकाले जानकारी गराएको छ । बिगतको बिल भरपाइ, उपभोक्ता समितीको निर्णय, सामाजिक लेखा परिक्षणको प्रतिवेदन, अनुमानित खर्चको प्रतिवेदन सहित नगरपालिकाको लेखा शाखामा सम्पर्क राख्न नगरपालिकाले आग्रह गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..