» » विजुवामा मेलमिलाप केन्द्र स्थापना

मनिष गुुप्ता
कपिलवस्तुु असार ११ गते । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) कपिलवस्तुले जिल्लाको विजुवा गाविसमा मेलमिलाप केन्द्रको स्थापना गरेको छ ।

समुदायको विवाद समुदायमा नै समाधान गर्ने उद्देश्यले स्थानीय मेलमिलापकर्ता राजेश चौधरीको संयोजकत्वमा केन्द्रको स्थापना गरिएको सेलर्डले जनाएको छ ।

विजुवा गाविसका २८ जना स्थानीय स्थानीयलाई ८ दिने मेलमिलापकर्ताको तालिम पश्चात गाविसमै मेलमिलाप केन्द्रको स्थापना गरेर समुदायका विवाद व्यवस्थापनको काम अघि बढाईएको जिल्ला संयोजक दिनेशचन्द्र त्रिपाठीले बताउनुभयो ।

यस अघि जिल्लाको सिसवा, कजरहवा, पकडी, अभिराव, गणेशपुर, महाराजगंज, बहादुरगंज, सिहोखोर लगायतका गाविसहरुमा मेलमिलाप केन्द्रको स्थापना भैसकेको छ ।

केन्द्र स्थापना भैसकेको पछि गाविसमा आउने सानातिना विवादहरु, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा आउने विवाद तथा झैझगडा मिलाउन निकै सजिलो हुने गरेको केन्द्रका जिल्ला प्रशिक्षक जियाउल हक मनिहारले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..