» » शान्ति समितिमा परियार


मनिष गुप्ता

कपिलवस्तु, जेठ २३ गते । जिल्लास्तरीय शान्ति समिति कपिलवस्तुले आइतबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरेको छ । आलोपालो प्रणाली अनुसार नेपाली कांग्रेसले एमालेलाई शान्ति समिति संयोजकको पद हस्तारण गरेको हो ।

नेपाली काँग्रेसका सुरेश शर्माले एमालेका मीना परियारलाई तौलिहवामा आयोजित एक समारोहबीच पदभारको जिम्मा लगाउनुभएको हो । पद हस्तान्तरण गर्दै पूर्व संयोजक शर्माले आगामी दिनमा जिल्लाको समग्र शान्ति स्थापनामा अझ सशक्त कदम चाल्नुपर्ने सुझाव दिनुभएको थियो ।

नव मनोनित जिल्ला शान्ति समिति संयोजक मीना परियारले पूर्व संयोजकले गरेका राम्रा कामको अनुशरण गर्दै आफ्नो कार्यकालमा सबैसँग हातेमालो गरी शान्ति सबलीकरणका पक्षमा अझ सशक्त भई काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

अबको ६ महिनापछि नेकपा माओबादी केन्द्रका विजय जैसवालले जिल्ला शान्ति समितिको संयोजकको जिम्मा पाउने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..