» » कोच राजवंशी सङ्ग्रहालय भवन शिलान्यास


झापा, असार ११ गते । कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा बन्ने लागेको कोच राजवंशी सङ्ग्रहालय भवनको हिजो शिलान्यास भएको छ ।

कोच राजवंशीको संस्कृति, रीतिरिवाज र वेशभूषाको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुने लागेको सो भवनको शिलान्यास सांसद प्रेम गिरीले गर्नुभएको थियो ।

स्थानीयवासी रत्नलाल, खगेन्द्रप्रसाद राजवंशी लगायतले टेकनारायण राजवंशीको स्मृतिमा प्रदान गरेको आठ कट्ठा जमिनमा रु पाँच लाखको लागतमा भवन निर्माण हुन लागेको कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीले बताउनुभयो ।

काँकडभिट्टा नेपाल पर्यटन बोर्ड कार्यालयले कोच सङ्ग्रहालय निर्माणका लागि रु पाँच लाख विनियोजन गरेको हो ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..