» » मैले यसकारणले रोजे मधेशको राजनीति


–महन्थ ठाकुर
यहाँका शासक र शोषकहरुले मधेश र मधेशीलाई कहिले सुनेनन् । यी दुई शब्दहरू सुन्न नचाहने नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अहिले त्यस क्षेत्रमा आफ्नो हैकम फुत्कने भय र त्रासले मधेश र मधेशी शब्दका षड्यन्त्रमुलक नालीवेली बुन्न तल्लिन देखिन्छन् । छद्म भेष र फरक शैलीमा उहाँहरू त्यस क्षेत्रमा आफूहरूलाई प्रस्तुत गर्न थालेका छन् । मधेशी जन–जनले उनीहरूको प्रपञ्चलाई अब बुझिसकेका छन् । त्यसैले त मधेशको शक्ति मधेशी जनता बाहेक अरू कोही हुन सक्तैन भन्ने कुरा पछिल्लो मधेश जनविद्रोह र संविधानसभाको निर्वाचनले साबित गरिसकेको छ ।

मेरो राजनीतिक शुरूवात ‘रेल्वेको प्लेटफर्म’ बाट भएको हो । यो मेरो सांकेतिक अभिव्यक्ति हो । जसरी रेलवे प्लेट फर्ममा मजदूर, महिला, निर्धन, दिन–दुःखीले दिनहुँ पीडा भोग्ने गरेका छन्, त्यस्तै अवस्था मधेशीको छ ।

 यहा“ नेपाली भाषीको तीन वटा राष्ट्रियता छ, पहिलो नेपाली राष्ट्रियता, दोस्रो हिन्दूस्तानी राष्ट्रियता र तेस्रो भूटानी राष्ट्रियता । तर मधेशीको आफ्नो कुनै राष्ट्रियता नै छैन । मधेशीहरूको आफ्नै राष्ट्रियता यहा“ दशकौंदेखि बलात्कृत अवस्थामा छ । मधेशीको शोषण, उत्पीडन, उपेक्षा, दमन विभिन्न कालखण्डमा फरक–फरक शैली अपनाएर यहा“ जारी छ । त्यसलाई चिर्न म मधेशवादलाई आफ्नो आदर्श मानेर अघि बढेको हुँ । यो मेरो लक्ष्य मात्रै होइन अभियान पनि हो । मेरो बिचारले कुनैपनि अभियान रातारात पुरा हुने भन्ने हुदैन ।

त्यसैले मैले मधेश र मधेशीका लागि अभियान थाल्ने अभिभाराका साथ अघि बढेको हुँ, यसलाई पुरा गर्ने दायित्व त्यस क्षेत्रका युवाहरूको का“धमा छ । युवा जागे देश÷मधेश बन्न कसैले रोक्नै सक्तैन ।
मैले कुनै विशेष जातिको नेतृत्व पनि गरेको होइन । मेरा आलोचकहरू र केही मिडियाकर्मीले मेरो नेतृत्वको तमलोपालाई ‘ब्राह्मणहरूको जमात’ नभनेका होइन ।

तर तमलोपामा त्यस्तो केही छैन । मलाई भगवान ठान्नेहरूलाई म भन्न चाहन्छु, रामायणकालमा रामचन्द्रलाई पुरूषोत्तम राम भनियो तर एक जना धोबीको आरोपमा जनक जननी सीतालाई घर निकाला गरिदिए । भगवान श्रीकृष्णको जीवनकाल पनि विवादरहित थिएन । सैयो गोपिनीसँगको विवादास्पद सम्बन्धकै कारण ‘कृष्ण लिला’ को चर्चा हुने गरेको हो तर द्रौपदीको चीरहरणका बेला कृष्णबाहेक अरू कोही निस्केनन् । द्रौपदीको चीर हरण कृष्णले नै रोकेका हुन् । त्यसैले यो संसारमा विवादरहित कोही छैन, हुन पनि हुदैन, सक्तैन ।

जीशस क्राइस्टलाई शुलीमाथि चढाउने बेला उनी एक्लै थिए । पिटरले शुली दिने स्थानसम्म मात्रै साथ दिएका थिए ।

 जब जीशसलाई शुलीमाथि चढाइयो त्यसपछि पिटर पछि हटेका थिए तर शुलीमा चढाउनेहरूले उनलाई पनि त्यसै गर्न चाहेका थिए । पिटरले त्यस्ताका भनेका थिए, मलाई शुलीमा चढाउने हो भने उल्टो झुन्ड्याउ । उहाँलाई उल्टो शुलीमा चढाइएपनि किला भने ठोकिएन । जीवन एक्लो आयो एक्लै जान्छ । त्यसैले जीवनमा घट्ने झिनामसिना कुराहरूबाट कोही पनि निराश हुनु पर्ने आवश्यकता म देख्दि“न ।

जहा“सम्म मधेश र मधेशीको कुरा छ म संसदमा हु“दा मधेश मुद्दामा फेडरिक गेज, हेमिल्टनलगायतका दुई÷तीन लेखकको किताबबाहेक केही भेटिदैन्थ्यो । सेन्ट्रलर लाईबे्ररीमा पाइने कार्यपत्रहरू संग्रह गरिएको पुस्तिकाहरूमा कुनै न कुनै रूपमा मधेश र मधेशीको उल्लेख गरिएको त पाइन्थ्यो तर त्यसको अन्त्य मधेशीको विरोधमा गरिन्थ्यो ।

लेखकहरूले मधेश मुद्दालाई भारी सम्पादन गरेर सार्वजनिक गर्ने गर्दथे । उनीहरूबाट लेखिन्थ्यो, मधेशीले विद्रोह गर्न सक्ने क्षमता राख्दैनन् । भारतको उक्साहटमा मात्रै मधेशीले विद्रोह गर्न सक्छन् । यी कुराले ममा तिक्तता र निराशा मात्रै छाउ“दैन्थ्यो, कुन्ठा समेत हुने गरेको थियो । मैले संग्रह गरेका ती सबै पुस्तिका एक दिन जलाई दिए“ ।

जलाउने बेला मेरो मनोविज्ञानले भनेको थियो, जसले मधेश र मधेशीको सही आबाजलाई बुलन्द गर्न सक्तैन, त्यस्ता सामग्री मैले आफ्नो साथमा राखेर फोहोरको डंगुर थुपार्ने काम मात्रै गरिरहेको छु जस्तो लाग्थ्यो । हेर्नुस मलाई अहिले पनि अनमिन र कार्टर सेन्टरका मानिसहरू भेट्न आउ“छन् र सोध्छन् कि नेपाली कांग्रेसमा तपाईको प्रवेशको संभावना कति छ । (हा“स्दै) मैले भन्ने गरेको छु, खोलामा बगेको पानी कहिले फर्केको छ , र ? मेरो अभियान मधेश र मधेशीको मुक्ति बनेको छ ।

यो अभियान मात्रै होइन प्रवाह पनि हो । त्यसैले त्यस्तो तपाईहरूले न सोच दिए हुन्छ । मैले राजनीति बुझैरै मधेशवादलाई अंगाल्ने कठोर निर्णय गरेको हुँ । मलाई पैसा, पद र कुर्सीको प्रवाह छैन । यदि त्यसो हु“दो हो भने मैले आफ्नो ऊर्जावान युवाकाल बिताएको पार्टी किन छाड्नु पथ्र्यो । त्यहा“ त मेरो राम्रै पकड थियो ।

काँग्रेसमा रहेर मन्त्री बनेकै हुँ । निर्णायक तहमा पुगेकै हुँ । फेरी किन छाड्नु पथ्र्यो काँग्रेस पार्टी ? हेर्नुस् म मधेश र मधेशीको बृहत्तर आत्मनिर्णयको अधिकार प्राप्तिको लडाईमा लागेको छु , बा“चुञ्जेल यो मेरो मन, मस्तिष्क र बिचारबाट कदापी हट्न सक्तैन ।

र अन्त्यमा, म सबै मधेशीलाई इमान्दारिताका साथ बा“च्न र बहादुरीका साथ लड्न आग्रह गर्छु । युवा कहिले पनि कायर हु“दैनन् , त्यसैले मधेशी जनताको मुक्ति युवाहरूबाटै हुन्छ । मधेशका युवाहरू अब आफ्नो अधिकार प्राप्तिको लडाईका लागि जागी सकेका छन् ।  अर्को कुरो मान्छेलाई मान्छेनै रहन दिनुपर्छ, उसलाई कदापी ईश्वर बनाउनु हुन्न । म मधेश मुक्तिको यात्रामा सहयात्रीको भूमिकामा मात्रै छु । यो जिम्मेवारी युवा पीढीको का“धमा छ । युवाप्रति म पूर्ण विश्वस्त छु । मेरो बिचारमा शिक्षित युवाहरूबाटै असल समाजको निर्माण हुनसक्छ ।

उनीहरूले नै इतिहास, सभ्यता, संस्कृति र पहिचानलाई बुझेर आफ्नो भविष्य निर्माण गर्न सक्छन् । राजनीति सामाजिक परिवर्तनको गतिबाटै हुन्छ, यो कुरा सबैले बुझ्नै पर्छ । आधुनिक हतियार भन्दा कैयो गुणा बलियो निहत्था क्रान्तिकारी व्यक्ति नै हुन्छन् । त्यसैले हिंसाबाट होइन शान्तिबाटै मधेशीले आफ्नो अधिकार प्राप्त गर्न सक्छ ।

(कुराकानीमा आधारीत)

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..