» » महिलाहरुलाई दुरव्यवहार नगर्नुस्, लिदैछन् यस्तो तालिम


काठमाडौँ, जेठ २४ गते । ‘भइपरी आउने अवस्थामा आफ्नो रक्षा कसरी गर्ने’ भन्ने उद्देश्यले महिलालाई तालिम दिन सुरु गरिएको छ ।

महिला मञ्च नेपालको आयोजनामा नयाँ बसपार्कस्थित गोँगबु आजदेखि १० दिने आत्मरक्षाको तालिम सुरु भएको हो ।

तालिममा सहरबजारमा बढ्दै गइरहेको महिलामाथि हुने घटना, सार्वजनिक यातायातमा हिँड्दा महिलामाथि हुने दुव्र्यवहार जस्ता समस्याबाट कसरी बच्ने भन्ने सिकाइने मञ्चका कार्यकारी निर्देशक सिर्जना पुनले जानकारी दिनुभयो ।

तालिममा मनोरञ्जन तथा अनौपचारिक क्षेत्रमा कार्यरत २५ महिला श्रमिकको सहभागिता छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..