» » कालो झण्डा देखाउँदै विरोध गरेपनि गृहमन्त्रीले गर्नुभयो उद्घाटन

बारा असार ८ गते ।
बारामा दुई ईलाका प्रशासन कार्यालयको स्थापना गर्न जानु भएका गृहमन्त्री शक्ति बस्नेतलाई मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएको थियो ।

सिमौनगढ नगरपालिकामा कडा सुरक्षाको साथमा उदघाटन कार्यक्रममा सहभागि हुन जानु भएको मन्त्री बस्नेतलाई मधेशी दलका नेताहरुले हत्यारा गृहमन्त्री मुर्दावाद , भन्दै कालो झण्डा देखाई कार्यक्रमलाई प्रभावित गर्ने प्रयास गरेको थियो ।

गृहमन्त्री शक्ति बहादुर बस्नेतले बारा जिल्लाको कोल्हवी र सिम्रौनगढको दुई ठाउँमा एकै दिन ईलाका प्रशासन कार्यालयलाई कडा सुरक्षाबीच हिजो उदघाटन गर्नु भयो ।

जिल्लाको अमाव गाविस १ को मदन अधिकारीलाई आफ्नो हाथले नागरिकता प्रदान गरि गृहमन्त्री बस्नेत ईलाका प्रशासन कार्यालय कोल्हवीको उदघाटन गर्नुभयो ।

कोल्हवी नगरपालिका र सिम्रौनगढ नगरपालिका छेउछाउका सेवाग्राहिहरु लाई २५ सदेखि ३० किलोमिटर दुर सदरमुकाम कलैयामा गएर नागरिकता बनाउन अब झन्झट नहुने दावी गरिएको छ । कोल्हवी र सिम्रौनगढ नगरपालिकाका जनताले अबदेखि ईलाका प्रशासन कार्यालयमा सेवा पाउने गृहमन्त्री बस्नेतले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..