» » बलात्कार घटनाः प्रधानमन्त्रीलाई ज्ञापन


मनिष गुप्ता
कपिलवस्तु,  असार १ गते । कपिलवस्तुको शिवराज नगरपालिका १० नौडिहवामा आईतबार साँझ भएको सामुहिक बलात्कारको घटनाकोे छानबिनको लागी न्यायिक छानबिन समिती गठनको माग   गर्दै जिल्लाका अधिकारकर्मीले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हजिो ज्ञापनपत्र बुझाएको छ ।

जिल्लाका अधिकारकर्मीको सामुहिक टोलीले प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । सो बिषयको यर्थार्थ छानबिन आवश्यक रहेकोले अधिकारकर्मीहरुको सहभागीता सहितको न्यायीक छानबिन समिती गठनका लागी समेत जोडदार माग गरिएको छ ।

ज्ञापनपत्रमा  बहिरा अपङ्गता भएकी (बोल्न नसक्ने) ३५ बर्षिय स्थानिय एक थारु परिवारकी महिलालाई शसस्त्र प्रहरीका जवानहरुबाट सामुहिक रुपमा गरिएको जबरजस्ती करणीको घटनाले हामी सम्पुर्ण अधिकारकर्मीलाई गम्भिर बनाएको उल्लेख छ । सर्बसाधारण जनताको सुरक्षा सम्बेदनशिलता प्रति उत्तरदायी बन्नु पर्ने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीबाटै यस्तो कुकृत्य हुनु निन्दनिय भउको जनाउदै घटनाको घोर भत्र्सना समेत गरिएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान र वस्तुस्थितीले सो घटनामा कुनै एक व्यक्ति मात्र पिडक नभएको देखिनुका साथै घटना सामुहिक रुपमा घटाईएकाले सो घटनामा एक शसस्त्र प्रहरी जवानलाई नियन्त्रणमा लिएर कारवाही र अनुसन्धान अगाडी बढाउने कार्यले मात्र न्यायिक निरुपण हुन जनाईएको छ ।

घटनामा संलग्न सम्पुर्ण दोषीहरुलाई कानुनी कठघरामा ल्याई न्यायिक निरुपण गर्नु पर्ने अवस्था रहेको जनाउदै युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचाररत पिडितको  अवस्था नाजुक रहेकोले निजको सम्पुर्ण उपचारको व्यवस्था मिलाई उचित न्याय दिनका साथै संलग्न सम्पुर्ण पिडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

गृह मन्त्री, महिला बालबालिका मन्त्री, राष्ट्रिय मानब अधिकार आयोग अध्यक्ष, राष्ट्रिय महिला आयोग अध्यक्ष, प्रहरी महानिरिक्षक र शसस्त्र प्रहरी महानिरिक्षकलाई बोद्धार्थ दिईएको ज्ञापनमा जिल्लाका ४३ संघ, संस्था, राजनैतिकदल, नागरिक समाज र सञ्चारक्षेत्रका अधिकारकर्मीको सामुहिक हस्ताक्षर रहेको छ।

गृह मन्त्री, महिला बालबालिका मन्त्री, राष्ट्रिय मानब अधिकार आयोग अध्यक्ष, राष्ट्रिय महिला आयोग अध्यक्ष, प्रहरी महानिरिक्षक र शसस्त्र प्रहरी महानिरिक्षकलाई बोद्धार्थ दिईएको ज्ञापनमा जिल्लाका ४३ संघ, संस्था, राजनैतिकदल, नागरिक समाज र सञ्चारक्षेत्रका अधिकारकर्मीको सामुहिक हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझदै प्रजिअ घिमिरेले आफुले सो ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषण गर्ने प्रतिबद्धता बताउनुभयो ।

 उहाँले सो अपराधमा संलग्न कोही पनि नछुटने बताउदै अनुसन्धानका दोषी देखिने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याईने प्रष्ट पार्नुभयो । ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..