» » वरुण गान्धी मधेशीप्रति यसरी गर्नुभयो चिन्ता


काठमाडौ जेठ १९ गते । नेपाल–भारतको सीमा समस्या लिएर भारतीय गृहमन्त्री राजनाथ  सिहलाई भेट्न दिल्ली पुग्नु भएका संघीय समाजवादी फोरम नेपालका उपमहाचिव एवं सांसद अभिषेक प्रताप शाहले आज भारती जनताबाट नेता एवं सांसद वरुण गान्धीलाई भेट्नु भएको छ ।

दिल्लीको १७ अकवर रोडस्थित गृहमन्त्री राजनाथ सिहको निवासमा भएको भेटघाटमा सांसद गान्धीले नेपालको वर्तमान राजनीतिक घटनाक्रमप्रति चिन्ता जाहेर गरेको सांसद अभिषेक प्रताप शाहले बताउनुभयो ।

भाजपाका महासचिव समेत रहनु भएका वरुण गान्धीले मधेशी जनताले अधिकार पाउनुपर्ने कुरामा जोड दिनुभयो ।

मधेशी जनताले समावेशी समानुपातिक सिद्धान्तका आधारमा अधिकार पाउनु पर्ने उल्लेख गर्दै उहाँले नेपालका राजनीतिक दलहरु आपसमा मिलेर मधेशको समस्या चाँडो समाधान सुझाव िदिनुभयो ।
सांसद शाहले पनि नेपाल देशको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

यो पनि पढ्नुस्

भारतीय गृहमन्त्री राजनाथ सिहसँग अभिषेकले भन्नुभयो, ओली सरकार नश्लवादी 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..