» » तमवि फ्रन्टको सात निर्णय यस्तो छ (विज्ञप्तिसहित)

काठमाडौ जेठ २३ गते । तराई मधेश विद्यार्थी फ्रन्टले समावेशी समानुपातिक प्रणाली अन्तरर्गत रहेर स्ववियुको चुनाव गराउनु पर्ने माग गरेको छ ।

महाधिवेशन सम्पन्नपछि बसेको पहिलो बैठकले स्ववियु चुनाव हुनुपर्ने माग गर्दै विभिन्न पक्षलाई दवाव दिने निर्णय गरेको छ । साथै असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुने पार्टीको पहिलो महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि फ्रन्टका सबै अंगलाई निर्देशन समेत दिएको छ ।

साउन २१ गते फ्रन्टको वार्षीक उत्सव भव्यताका साथ मनाउनुको साथै समग्र मधेश शिक्षित प्रदेश कार्यान्वनका लागि आवश्यक नीति बनाउने निर्णय गरेको छ ।

साथै विभिन्न क्याम्पसका लागि प्रतिनिधि चयन गर्नुको साथै क्यालेण्डर प्रकाशन गर्नका लागि एक समिति समेत बनाएको छ । प्रतिनिधिको नामवली र समितिको नामावली हेर्न विज्ञप्ति हेर्नुस् ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..