» » खगेन्द्र संग्रौलाले भन्नुभयो,–मधेशी–जनजातिको माग सम्बोधन नहुदाँसम्म संविधान लागु हुँदैन


काठमाडौं असार ५ गते । राजनीतिक विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाले प्रमुख तीन राजनीतिक दलहरुको नश्लवादी चिन्तन, गैर जिम्मेवार रवैया र तानाशाहीले मुलुक बिग्रेको टिप्पणी गर्नुभएको छ ।

नयाँ नेपाल निर्माणको चरणमा सबै जाति, वर्ग, क्षेत्र र समुदायलाई मिलाएर लैजानु पर्नेमा तीन दलका नेताहरुले जबरजस्ती एकल जातीय शासन लाद्न खोजेकोले देश समस्याको भूमरीमा फसेको टिप्पणी गर्नुभएको छ ।

संघीय गठबन्धनको रिले अनसनप्रति आइतबार ऐक्यबद्वता तथा समर्थन जनाउँदै इतिहासको पानामा सीमित भइसकेको श्रीपेचको ठाउँमा टोपी लगाउनेहरु हावी भएको टिप्पणी गर्नुभयो ।

‘प्रमुख तीन दलको गलत चिन्तन, सोँच र तानाशाही रवैयामा समस्या छ,’– संघीय गठबन्धनको आह्वानमा जारी तेह्रौ दिनको रिले अनसनलाई खुला मञ्चमा सम्बोधन गर्दै विश्लेषक संग्रौलाले भन्नुभयोे, ‘तीन दलका नेताहरुले उत्पीडित समुदायलाई समान अधिकार दिन राजी हुने हो भने मुलुकको समस्या एक दिन मै समाधान हुन्छ ।’

संविधान जारी हुनु अगावैदेखि आन्दोलनरत मधेशी, आदिवासी जनजाति, उत्पीडित खस, थारु, दलित, मुस्लिम लगायतले उठाएको माग सम्बोधन नहुदाँसम्म संविधान कार्यान्वयन हुन नसक्ने उहाँले ठोकुवा गर्नुभएको छ । लेखक संग्रौलाले भन्नुभयो,– ‘म दाबीका साथ भन्छु मधेशी–जनजाति सहित उत्पीडित जनताको माग सम्बोधन नभएसम्म संविधान लागू हुनै सक्दैन । नयाँ संविधानलाई लागू गरी सार्थक बनाउने भने हो भने संघीय गठबन्धनले उठाएको माग तत्काल वार्ता र संवाद मार्फत सम्बोधन गर्नु पर्ने उहाँको सुझाव छ । गठबन्धनको माग जायज रहेको भन्दै आन्दोलनरत जनताको आवाज सुन्न सरकारलाई सुझाव दिनुभयो ।

सरकारलाई सचेत गराउँदै उहाँले भन्नुभयो,–‘उखान टुक्काले देश चल्दैन । सरकारी रवैया त देशको लागि झनै घातक छ । सरकार आफैले समाजलाई विखण्डत तर्फ धकेल्दै छ ।’ जनताको जायज मागलाई उपेक्षा गरी खोक्रो राष्ट्रवादको नाममा देशलाई गुमराह गर्ने सरकारको गलत संस्कारले आगामी दिन झनै कष्टकर हुन सक्ने तर्फ उहाँले सचेत गराउनुभयो ।
मधेश आन्दोलनमा सरकारले प्रहरीलाई सरकारी गुन्डा झैं प्रयोग गरी आन्दोलनमा चरम दमन भएको भन्दै ती सबै घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिमाथि तत्काल कडा कारबाही गर्न संग्रौलाले माग गर्नुभयो ।

राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला, नेपाल आर्मीका पूर्व जनरल कुमार फुदुङ र नेपाल बौद्धिक पेशाकर्मी महासंघका अध्यक्ष डा. उमाशंकर लगायतले आइतबार रिले अनसनप्रति ऐक्यबद्धता जनाउनु भएको थियो  ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..