» » अनसनको तेस्रो दिनः अनिल झाले भन्नुभयो, रिले अनसन विद्रोहको संकेत हो


काठमाडौ जेठ २७ गते । आज तेस्रो दिन संघीय गठबन्धनको रिले अनसन सहिद मञ्चमा जारी छ । आज नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले अनसनको नेतृत्व गरिरहनु भएका छ ।

सविधान संशोधनलगायतको माग राख्दै संघीय गठबन्धनले जेठ २ गतेदेखि काठमाडौ केन्द्रीत आन्दोलन शुरु गरेको छ । त्यसै अन्तर्गत गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन शुरु गरेको छ ।

अनसनमा बस्नु भएका अध्यक्ष झाले मधेशी, आदिवासी जनजातिले आफ्नो पहिचानका लागि संघर्ष गर्दै आएको छ, र अधिकार प्राप्त नहुन्जेलसम्मका लागि यो संघर्ष जारी रहने बताउनुभयो । यतिका दिनसम्म आन्दोलन गर्दा राज्यले कुनै वास्ता नगरेको भन्नु हुँदै उहाँले जनताको पीडा, जनताको अवाज सुन्ने यो सरकारका लागि आउने दिन भाडी पर्ने चेतावनी दिनुभयो ।

यो रिले अनसन मधेशी जनताको विद्रोहको संकेत हो, कुनै पनि कुराको सिमा नाघिनु हुँदैन, सिमा नाघियो भने के हुन्छ भने कुरा राज्यले राम्रोसँग बुझेको छ, त्यसैले समयमा आन्दोलनको सम्बोधन होस् भनि हामी चाहेका छौ, उहाँले सहारा टाइम्ससँग भन्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..