» » तमलोपामा महामन्त्री र सहमहामन्त्रीमा कडा प्रतिस्पर्धा


काठमाडौ असार ९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन लम्बिने भएको छ । नवलपरासीको रामग्राममा ६ गतेदेखि शुरु भएको महाधिवेशन ८ गते सकिने कार्यक्रम थियो । तर पदाधिकारीमा कुरा नमिलेपछि आज पुनः एक दिनका लागि लम्बिने भएको छ ।

हिजो अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा ह्रदयश त्रिपाठी, उपाध्यक्ष वृषेशचन्द्र लाल निर्विरोध भएपछि महासचिव, कोषाध्यक्ष र सहमहामन्त्रीमा अबेर रातीसम्म प्रयास गर्दा पनि सर्वसम्मति नहुँदा आज सो पदहरुमा चुनाव हुने बताइएको छ ।

नेता बीपी यादवले भन्नुभयो, बाँकी रहेका पदहरुमा चुनाव हुने सम्भावना बढी छ तर आज पनि सर्वसम्मतिको प्रयास हुन्छ ।

सबभन्दा बढी कडा प्रतिस्पर्धा महासचिवमा हुने देखिएको छ । महासचिवका दुई सीट रहेका छन् । महासचिवका उम्मेदवारहरु जितेन्द्र सोनल, वृजेश गुप्ता, जंगीलाल राय, विमल श्रीवास्तवव, उमाकान्त झा हुनुहुन्छ । हिजोसम्म उहाँमध्ये कसैले उम्मेदवारी फिर्ता लिनु भएको छैन ।

त्यस्तै सहमहामन्त्रीमा १२ जना उम्मेदवार रहेका छन्, जब कि त्यहाँ दुईटा सीट मात्र रहेको छ । जयप्रकाश ठाकुर, सुरेश मण्डल, राजेन्द्र साह, राकेश मिश्र, पशुपति दयाल मिश्रा, महाजन यादव, अभिराम शर्मा, जनार्दन प्रसाद यादव, उदय किशोर तिवारी, जितेन्द्र सिह, समिम मियाँ अन्सारी र कृष्ण सिह सहमहान्त्रीका उम्मेदवार रहनु भएको छ ।

त्यसैगरि एउटा सीट रहेको कोषाध्यक्षमा अनिता यादव, कविन्द्र ठाकुर र इन्द्रराज प्रसाद सिह उम्मेदवार हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..