» » मानव तस्करीको नयाँँ काइदा


मनिष गुप्ता

कपिलवस्तु १४ असार । मानव तस्करीमा संलग्न एक विचौलिया कपिलवस्तुको कृष्णनगरबाट पक्राउ परेका छन् ।

मानव बेचबिखन तथा ओसारपोसारबिरुद्ध क्रियाशिल संस्था के.आई नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले विचौलियालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका विचौलिया सल्यान जिल्लाको हिलोन्च १ का ३६ वर्षीय बेलबहादुर वि.क. रहेको प्रहरीले जनाएको छ ।

बिभिन्न प्रलोभनमा पारी हंशपुर २ प्युठानकी नाम परिवर्तित सुनिता र बाङ्गेसाल ६ प्युठानकी नाम परिवर्तित विपनालाई निकै चलाखीपूर्ण तरिकाले सीमा कटाउने क्रममा शंकाका आधारमा संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

हप्ताअघि विचौलियाले पीडित सुनितासँग चिनजान गरी समय समयमा रिचार्च गरिदिने काठमाण्डौ लगायत ३ ठाउँमा घर भएको र भारतमा आफ्नै कम्पनी भएको भनी बिभिन्न किसिमबाट प्रलोभनमा पारिएको सोधपुछ र अनुसन्धानका क्रममा खुलेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिनुभयो ।

मोटरसाईकल प्रयोग गरी पटक पटक चेलीहरु ओसारपसार गरिएको बुझिएपछि कानुनी प्रकृया अगाडि बढाइएको रिजालले जानकारी दिए । चन्द्रौटाबाट एक–एक जना गरी सीमासम्म मोटरसाईकलमा ल्याउने र सीमामा कसैले सोधेमा श्रीमान् बिमारी हुनुहुन्छ भनेर सिकाई चोर बाटो प्रयोग गरी भारत छिराउने गरेको सोधपुछ गर्दा खुलेको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

धेरै पैसा हुने भनी प्रलोभनमा पारी सुनितालाई भालुवाङ्ग बोलाई मोटरसाईकलमा राखी भारतसम्म पु¥याएको र अर्की विपनालाई चन्द्रौटा बोलाई पुनः मोटरसाइकलमा लिएर आउँदा सीमा निगरानी कडा देखेपछि निज पीडितलाई पैदल हिड्न लगाई पछि जाँदै गर्दा सशस्त्र प्रहरीले रोकेपछि निज बिचौलिया अर्को बाटो मोटरसाईकल लिई भारत छिरेको केआई संयोजक विश्वकर्माले जाकारी दिनुभयो ।

दुवै किशोरीलाई बिभिन्न प्रलोभनमा पारी बेचविखनका लागि लैजान लागेका देखिएपछि बिचौलियालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । किशोरीलाई सम्पर्कमा लिएपछि फरार विचौलियालाई प्रहरीले हामीलाई छोड्यो बसपार्कमा छौं भनी फोन सम्पर्क गर्न लगाएपछि रातको करीब ११ बजे विचौलिया प्रहरीको फन्दामा परेको हो ।

पक्राउ परेका विकलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।

उद्धार गरिएका दुई किशोरी भने के.आई. नेपालको आपतकालिन गृहमा राखिएको बताइएको छ ।

पीडितको आफन्त सम्पर्कमा आएपछि किशोरीहरुलाई आत्मा निर्भरका लागि चितवन सेफ होममा अवसर दिइने संयोजक विश्वकर्माले बताउनु भयो ।

अभिभावकको मन्जुरी नभएमा अभिभावकको जिम्मा लगाई घर फिर्ता गर्ने संयोजक बिशकर्माले बताउनुभयो ।

सीमानाका चुस्त बनाउन थालेपछि धेरै बिचौलिया नियन्त्रणमा आउन थालेको प्रहरी निरीक्षक रिजालले बताए । यता सीमामा हुने यस्ता अपराधिक गतिबिधिलाई नियन्त्रण लिन सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर पनि क्रियाशिल रहँदै आएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..