» » उद्योगी केडिया अपहरणमा संलग्न पक्राउ


कलैया, जेठ २५ गते । प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ ।

      वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो । अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताउनुभयो ।

      अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरिसकेको छ । अपहृत उद्योगी केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतबाट अपरहणमुक्त गराइएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..