» » शिक्षकले गरे आत्महत्या

सप्तरी, जेठ २० गते । सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ ।

मृतक कामैत राजविराज–५ स्थित रुपनी रोडमा रहेको प्रिमियर बोर्डिङ स्कुलका शिक्षक हुननुहुन्छ । उहाँ वडा नं ४ मा डेरा गरी बस्दै आएका आउनु भएको थियो । कोठामा पङ्खामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको एक महिना अगाडि विवाह भएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..