» » » जो कोहीको मन मोहने गायत्रीको नृत्य (हेर्नुस् नृत्य)


१० वर्षीया गायत्री साह जो मधेशको देहात सप्तरीको पर्सादी गाउँमा बस्छिन् र्। उनीमा देखिएको नृत्य प्रतिभाले उनका सप्तरीका मात्रै होइन वरिपरी जिल्लाका दर्शकहरु आश्चर्यचकित हुन्छ । तर, उनको आर्थिक अवस्थाले गर्दा गाउँभन्दा बाहिर जान सकिरहेका छैन ।

उनका बुवा दीपेन्द्र साह भन्नुहुन्छ, छोरीलाई कलाकारितामा नै अगाडि बढाउन मन छ तर आर्थिक अवस्थाका कारण गाउँभन्दा कतै बाहिर लग्न सकिरहेका छैन । छोरीको प्रतिभा देखेर मेरि गोल्ड इगलिस स्कूलले निशुल्क पढाई दिने भनेर आफ्नो स्कूलमा भर्ना गर्यो तर निशुल्कमा पढ्ने विद्यार्थी भएको कारणले त्यति वास्ता नगरेको देखियो र आफ्नो छोरीले नै त्यस स्कूलमा नपढ्ने भनेपछि त्यहाँबाट हटाएर गाउँकै चन्द्रा उच्च माविमा चार कक्षामा नाम लेखाई दिएको दुखेसो पोख्नुभयो ।

गायत्री साहका ६ जना दिदी वहिनी र एकजना भाइ रहेको छ । अन्य छोरा छोरीलाई पाल्न ाधौ धौ भइरहेको बेला गायत्रीलाई मात्र कसरी राम्रा् शिक्षा दिक्षा दिने भन्दै बुवा दिपेन्द्र साहले कलाकारिता क्षेत्रमा पढ्नका लागि कसैले सहयोग गरि दिए भने अभारी हुन्थे भन्नुभयो ।

गायत्री नृत्यमा मात्रै होइन गीत पनि राम्रै गाउँछन् । नृत्य तथा गायतको खासै तालिम नलिएको स्कूलमा पढ्दा केही दिन समान्य नृत्य सिकेको भरमा आफ्नै क्षमताले गायत्री राम्रो गर्न थालेकी छिन् । गायत्रीलाई कुनै क्षेत्रबाट सहयोग भयो भने अझै राम्रो गरेर देखाउने क्षमता राख्छिन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..