» » ‘मोर्चाको सात बुँदे माग मान्ने भए बार्ता किन चाहियो ?’


काठमाडौ, असार ८ गते । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान जारी गरेपछि निर्वाचन गराउने विषयमा दोस्रो संविधानसभाको निर्वाचन अघि नै मधेसी मोर्चासहित प्रमुख दलहरुवीच लिखित सहमति भईसकेको उल्लेख गर्दै असन्तुष्टी छ भन्दैमा निर्वाचन नगर्ने भन्ने कुरा नहुने बताउनुभयो ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री रावलले भन्नुभयो, गणतन्त्रको विपक्षमा रहेको राप्रपा नेपाल र संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले बाहिर आफ्नो सैद्धान्तिक कुरा उठाईरहेपनि संविधान कार्यान्वयनको विपक्षमा छैन । सरकारमा रहेका दलहरुले सरकार र सदनमा विपक्षमा नभएको तर बाहिर बोल्दै हिड्नुको कुनै अर्थ छैन ।

उहाँले मोर्चाको माग अनुसार आन्दोलनमा घाईते भएकाहरुको उपचारकोलागि रकम निकासा गरिसकेको र अझै बाँकी रहे उनीहरुको पनि सरकारले उपचार गराउने, गंभिर अपराधमा संलग्न बाहेक आन्दोलनका क्रममा पक्राउ परेकाको सुची ल्याएर त्यसमा समेत निर्णय गर्न तयार रहेको स्पष्ट पार्दै मृतकलाई शहीद घोषणा गर्ने विषय छलफल गरेर सहमति टुङग्याउन सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री रावलले भन्नुभयो, ‘कस्तालाई शहीद घोषणा गर्ने भन्ने कुरा छलफलबाट टुङग्याउन सकिन्छ । विगतमा कार्यदलले दिएको प्रतिवेदन पनि हामीसँग छ । त्यसमा हामी छलफल गर्न तयार छौ ।’

राष्ट्रिय स्वाधिनता, सावैभौमिकता, राष्ट्रियता र मुलुक जनताको प्रगति चाहने हो भने सबै विषयहरु बार्ताबाट टुङग्याउन सकिने भन्दै बार्ताकोलागि कुनै ब्यक्ति मन नपरे पनि ब्यक्तिकै कारणले बार्ता र सहमतिको प्रयत्नमा भने कुनै असर नपर्ने उहाँले दावी गर्नुभयो ।

उपप्रधानमन्त्री रावलले मधेसमा दुई प्रदेश बनाउनु पर्ने मागलाई दोस्रो संविधानसभाको निर्वाचनमार्फत ब्यक्त जनादेशले नै अस्विकार गरिसकेको दावी गर्दै यद्यपि आफूहरु सबै विषयमा टेबलमा बसेर छलफल गर्न तयार रहेको बताउनुुभयो ।

उहाँले मोर्चाले अघि सारेको सात बुँदे माग उनीहरुले जस्तो माने बार्ता किन चाहियो भनि प्रश्न गर्दै कसैले प्रेसमा कुरा ल्याएर यो मान्नु पर्यो भन्दैमा कुनै पनि विषय मान्न नसकिने स्पष्ट पार्नुभयो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..