» » अमेरिकाले ओलीलाई भने, राजनीतिक असमझादारी धेरै दिनसम्म लम्ब्याएर हुँदैन

काठमाडौंँ, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडबीच आज भएको भेटवार्तामा भूकम्पपछिको पुनःनिर्माण, संविधान निर्माण र कार्यान्वयन, नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग लगायत विषयमा छलफल भयोे ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गर्दै टोडले संविधानप्रति असन्तुष्टि राखेका दलहरूको माग वार्ता मार्फत पूरा गर्न सुझाव दिनुभएको छ ।
स्रोतकुा अनुसार विदेशमन्त्री टोडले राजनीतिक असमझदारी धेरै दिनसम्म लम्ब्याएर हुँदैन, यसलाई जति छिट्टो सकिन्छ, समाधान गर्नुस् भन्दै नेपालको विकास र समझदारीमा हरेक प्रकारको सहयोग गर्न तयार रहेको आश्वासन दिनु भएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको र संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कसैलाई त्यस्तो लागेको भए त्यसमा पनि वार्ता र संवादमार्फत समाधान खोज्न सकिने प्रतिवद्धता जनाउनु भएको थियो ।

उहाँले नेपाल र अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्ध विस्तार गर्न आवश्यक छ भन्दै त्यसका लागि अमेरिकी सरकारद्वारा ६६ वस्तुमा दिइएको कर सहुलियतको प्रशंसा गर्दै नेपालको मौलिक उत्पादन तयारी पोसाक र गलैँचालाई पनि त्यसभित्र समेट्न आग्रह गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..