» » तमलोपामा राष्ट्रिय पहिचान बनाइसकेका नेतालाई वरिष्ठ नेतामा बस्न आग्रह


काठमाडौ जेठ ३ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको बारेमा विभिन्न टिका टिप्पणी र प्रस्तावहरु आउन थालेका छन् । यसैबीचमा पार्टीमा राष्ट्रिय पहिचान बनाएका नेताहरु त्याग देखाउनुपर्ने चर्चा पार्टीभित्र शुरु भएको छ ।

१० वर्ष पार्टीमा रहेर पार्टीलाई यहाँसम्म पुर्याई दिएर राष्ट्रिय पहिचान बनाउनु भएका ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल र गोविन्द चौधरीले महाधिवेशनमा त्याग देखाएर वरिष्ठ नेताको रुपमा पार्टीमा बसि अभिभावकको भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट अवाज आउन थालेका छन् ।

पार्टीमा उहाँहरुले दिनुभएको योगदान सह्रानीय छ, उहाँहरु पार्टीका विभुति हुनुहुन्छ, अभिभावक भएर वरिष्ठ नेताको रुपमा रहेर सो पदहरुमा अन्य युवा नेताहरुलाई चान्स दिनुभयो भने पार्टीप्रति अन्य व्यक्तिको पनि आकर्षण बढ्नेछ, आउने दिनमा तमलोपाप्रति आकर्षण बढ्नेछ, पार्टीका नेता बीपी यादवले भन्नुभयो, यी चारजना नेता हाम्रा पार्टीका सम्मानिय व्यक्तित्वहरु हुन्, उहाँहरुले महाधिवेशनमा अध्यक्ष महन्थ ठाकुरलाई कुनै पनि पदका लागि दवाव नदिँदा राम्रो हुन्थ्यो ।

महन्थ ठाकुर बुढो भएपनि पार्टीमा सबभन्दा बढी समय दिने नेता हुनुहुन्छ । चाहेको बेलामा भेट्न सकिने, पार्टीमा अभिभावकत्वको भूमिका निर्वाह गर्न सकिने खालका हुनुहन्छ, उहाँ नभए त पार्टी चल्नै सक्दैन, वा अरु कसैले चलाउनै सक्दैन, बीपी यादवले तर्क गर्दै भन्नुभयो, मधेश राजनीतिकको मात्र होइन, नेपाली

राजनीतिकको पनि दिशानिर्देश दिने व्यक्ति ठाकुरजी हुनुहुन्छ, उहाँको विकल्प अहिले कसैले खोज्न सक्दैन ।’
त्रिपाठी पार्टीमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेर मन्त्री पनि बनिसक्नु भएका छ । त्यस्तै सर्वेन्द्रनाथ शुक्ला पनि महामन्त्रीको रुमपा पार्टीमा काम गर्दा गर्दै मन्त्री पनि बन्नु भएको छ । उहाँहरु राष्ट्रिय पहिचान बनाइसक्नु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..