» » पार्टी परित्याग गरि तमलोपामा प्रवेश गर्दै


काठमाडौ जेठ २४ गते । विभिन्न दल परित्याग गरी नेताहरु तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गर्दैछन् ।

तमलोपाका नेता बीपी यादवका अनुसार नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद हरिप्रसाद अमात्य, सद्भावना पार्टीका नेता टीके झा, मधेश समाजवादी पार्टीका नेता विजय यादव आआफ्नो पार्टी परित्याग गरि तमलोपामा प्रवेश गर्ने भएका छन् ।

त्यस्तै राजविराज क्याम्पसका पूर्व प्रिन्सिपल अमरनाथ झा पनि प्रवेश गर्ने भएका छन् ।

आज पार्टी कार्यालयमा ११ बजे हुने एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष महन्थ ठाकुरले टिका लगाएर प्रवेश गराउने बताइएको छ ।

तमलोपाको पहिलो महाधिवेशन असार ६ गतेदेखि नवलपरासीको रामग्राममा हुँदैछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..