» » भोलिदेखि गठबन्धनको रिले अनसनः पहिलो दिन शीर्ष नेताहरु बस्ने

अनसन बस्ने स्थलको तयारी गर्दै फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादव 
काठमाडौं जेठ २४ गते – संविधान पुनर्लेखनको माग राखेर सिंहदरबार र वालुवाटार घेराऊ गरेपछि अब भोलीदेखि काठमाडौंको शहीद मञ्चमा रिले अनसन सुरु गर्दैछ ।

जेठ २५ देखि सुरु हुने रिले अनसन अषाढ मसान्तसम्म चल्नेछ । रत्नपार्कको छेवैमा रहेको शहीद मञ्च (खुलामञ्च) मा दैनिक रुपमा झन्डै महिना दिन बढी चल्ने रिले अनसन प्रत्येक दिन बिहान ७ बजेदेखि सुरु भई साझ ७ बजे धन्यवाद मन्तव्यसहित समापन गरिनेछ ।

झन्डै ३० जनाको हाराहारीमा गठबन्धनका नेता कार्यकर्ताहरु दैनिक अनसन बस्ने गठबन्धनको सचिवालयले जनाएको छ ।

पहिलो दिन गठबन्धनका संयोजक उपेन्द्र यादवसहित घटक दलका शीर्ष नेताहरु शहीद मञ्चमा अनसन बस्ने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
अनसन बस्ने स्थलको तयारी गर्दै फोरम नेपालका युवाहरु 

मंगलबारदेखि सुरु हुने अनसन स्थल व्यवस्थापनका लागि सबै तयारी पूरा भइसकेको श्रेष्ठले जानकारी दिए ।  अघिल्लो दिननै संयोजक यादवसहित गठबन्धनका शीर्ष नेताहरुले अनसन स्थलको अवलोकन गर्नुभएको छ ।

प्रत्येक दिन ३ बजेदेखि अनसन स्थलमा सन्देशमूलक सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ ।

अन्त्यमा गठबन्धनका एक जना शीर्ष नेताको धन्यवाद मन्तव्यसँगै दिनभरीको कार्यक्रम समापन हुनेछ । अनसनको पहिलो दिन दिउँसो २ बजे गठबन्धनले कार्यक्रम स्थलमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, तमुवान, ताम्सालिङ, थारु, दलित, महिला, सीमान्तकृत, उत्पीडित लगायत राज्यद्वारा बहिष्करणमा पारिएका समुदायहरु सम्मिलित संघीय गठबन्धनले संविधान पुनर्लेखन गरी खोसिएको अधिकार संविधानमा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दै आएको छ ।
अनसन बस्ने स्थलको तयारी गर्दै फोरम नेपालका युवाहरु 

‘उत्पीडित जनताको माग पूरा गराउन अन्तर्राष्ट्रिय स्तरमा अनसन जस्तो शान्तिपूर्ण कार्यक्रमलाई अत्यन्तै महत्वका साथ हेरिन्छ’– गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, ‘त्यही भएर हामीले रिले अनसन रोजेका हौं ।’


देशभरका उत्पीडित जनता संयुक्त रुपमा महिनौंसम्म आन्दोलन गर्दा पनि सरकारले मागको उपेक्षा गरेकोले विश्व समुदायलाई सन्देश दिन र माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले रिले अनसन सुरु गरिएको यादवले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..