» » राप्रपा नेपालको जिल्ला अध्यक्षमा सिंह


मनिष गुप्ता,
कपिलवस्तु असार १६ गते । राप्रपा नेपालको तेस्रो जिल्ला अधिवेशनबाट नारायण  बहादुर सिंह लगातार तेस्रो पटक निर्बिरोधरुपमा जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

अध्यक्ष लगायतका अन्य पदहरुमा धेरै अकाँक्षी भए सहमितिका आधारमा ७५ सदस्यीय  जिल्ला कार्य समिति बनाईएको छ । अध्यक्षमा टेक बहादुर बस्नेत र झिन्कन कुर्मीले समेत आफनो दाबेदारी पेश गर्नु भएको थियो । समितिको सह अध्यक्षमा टेक बहादुर बस्नेत हुन भएको छ ।

बरिष्ठ उपाध्यक्षहरुमा अमृश कुमार मिश्रा, श्याम मिश्रा, प्रबीण आचार्य, अनिरुद्र उपाध्याय, राजेश अधिकारी रहनु भएको छ ।

उपाध्यक्षमा नारायण भण्डारी, भिस्म बन्जाडे, कुन्ज बिहारी उपाध्याय, प्रभा कुवर निर्बिरोध चयन हुनु भएको छ ।

यस्तै सचिवमा चेत नारायण खनाल, चन्दन मल्ल, जय प्रकाश गुप्ता बन्नु भएको छ । सह सचिवमा रामेश्वर चौधरी, जगन्नाथ पुरी ु तथा कोषाध्यक्षमा बजीद अली मुसलमान चयन भएका छन् ।

तेस्रो कार्यकालकालागि समेत निर्बाचित हुनु भएका सिंहले आफुले पार्टीको विधान अुनसार कार्यकर्ताको र जनताको हीतमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशन अघि तौलिहवामा भएका उद्घाटन सत्रमा कार्यक्रमको उदघाट गर्दै पूर्व मन्त्री तथा पार्टीको लुम्बिनी अञ्चल समन्वय समितिका प्रमुख प्रकाश चित्रकारले पार्टीलाई थप सशक्त बनाउन कार्यकर्ताहरु सकृय हुनु पर्नेमा जोड दिनु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..