» » फोरम लोकतान्त्रिकको बैठक जारीः बैठकमा जितेन्द्र देवको कारवाहीको माग


काठमाडौ असार १ गते । पहिलो महाधिवेशन सम्पन्न गरी मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को पहिलो बैठक तीन देखि जारी रहेको छ ।

बैठकले पार्टीमा मनोनित गर्नुदेखि लिएर पार्टीभित्र जिम्मेवारी बाँडफाँड गर्नुको साथै विधान संशोधन लगायत कार्य गर्ने बताइएको छ ।

साथै बैठकमा संविधानको सफल कार्यन्वयन, समसामायिक, राजिनीतिक परिस्थिति, प्रथम राष्ट्रिय महाधिवेशनको समिक्षा, पार्टी संगठन सुदृढिकरण, राष्ट्रिय सहमितिय सरकार गठन, तराई मधेशको समस्या समाधान तथा पार्टीले लिनुपर्ने भावि रणनीति लगायतका विषयमा छलफल केन्द्रीत रहेको छ । सम्भवतः बैठक आजै सकिने छ ।

गत बैशाख २०, २१, २२ र २३ गते विराटनगरमा सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा यसअघि नै ४३ सदस्यीय कार्यसमिति चयन भएकोमा बैठकले मनोनित ७७ सदस्य थप गरी अब पार्टी केन्द्रीय समिति १ सय २० सदस्यीय बनाएको छ ।

नेता जितेन्द्र देवले आफ्नो पार्टी सरकारबाट बाहिरिने अभिव्यक्ति दिएको कारण उहाँलाई कारवाही गर्नुपर्ने माग नेताहरुले उठाउनु भएको छ ।

बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यले जितेन्द्र देव पार्टीको हित विपरित अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेको बैठकमा सहभागि एक नेताले बताउनुभयो ।

बैठकको प्रारम्भमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो धारणा राख्दै सरकारबाट बारिने पार्टीको कुनै नीति नरहेको कुरा राखेपछि अन्य नेताहरुले जितेन्द्र देवमाथि खनिएको बैठकमा सहभागि एक नेताले बताए ।

अध्यक्ष गच्छदारले यो सरकारबाट किन निस्किने, निस्किने कुनै कारण नै छैन, यो सरकार रहुञ्जेलसम्म यही सरकारमा रहने प्रष्ट पारेका थिए । यो ढल्ने वा ढाल्ने कुनै खेल भइरहेका छैन, यो सरकार अझै केही महिना जान्छ तबसम्म यसै सरकारमा बस्ने धारणा उहाँले राखेका थिए ।

अध्यक्ष गछदारले सहमतीय सरकारले मात्र वर्तमान राजनैतिक समस्या समाधान गर्न सक्ने महशुस भई विभिन्न दलहरुबीच सहमतिका लागि गहन छलफल चलिरहेको जानकारी दिनु हुदै छलफल कुनै निष्कर्षमा नपुग्दासम्म वर्तमान सरकारबाट बाहिरिने सम्भावना नभएको स्पष्ट पर्नु भयो ।

उहाँले फोरम लोकतान्त्रिक पार्टीलाई राष्ट्रियको ठूलो पार्टी बनाउन संगठन सुदृढिकरण र पार्टीलाई जनस्तरसम्म प्रभावकारी रुपमा पु¥याउन केन्द्रीय सदस्यहरुलाई आवश्यक सल्लाह र सुझाव दिन समेत आग्रह गर्नु भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..