» » अपाङगता भएका बारेमा छलफल


मनिष गुप्ता
कपिलबस्तु जेष्ठ २७ । अपाङग उत्थान समाज कपिलबस्तुको आयोजना र महिला तथा बालबालिका कार्यालय कपिलबस्तुको सहयोगमा सार्वजनिक भौतीक संरचना अवरोधमुक्त तथा संचारमा अपाङगता भएका ब्यक्तिहरुको पहुंच निर्देशिका २०६९ बिषयक अन्र्तक्रिया कार्यक्रम तौलिहवामा हिाजे सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि महिला बिकास अधिकृत कलावती ओझाले अपाङगता भएका ब्यक्तिहरुले अधिकारको उपभोग गर्न सक्ने वातावरणको श्रृजना सबैले गर्नुपर्ने बताउनुभयो छ ।

अपाङगताको सवाललाई सम्बोधन गर्ने निकाय चुस्तदुरूस्त हुनुपर्नेमा समेत उहाले जोड दिनुभएको छ।

कार्यक्रममा उपस्थित जिल्ला विकास समिती कपिलवस्तुका सामाजिक विकास अधिकृत वसुदेव जम्मरकट्टेलले अपाङग मैत्री संरचना बनाउन र अपाङगता भएको ब्यक्तिको क्षमता अभिबृद्धिको लागी प्रतिबद्धता जनाउनुभएको छ ।

अपाङग उत्थान समाजका संस्थापक अध्यक्ष मित्रलाल शर्माले भौतिक संरचना अवरोध तथा संचारमा अपाङगता भएका ब्यक्तिहरुको पहुंच सम्बन्धी निर्देशिका २०६९ को बिषयमा सहजीकरण गर्नुभएको थियो ।

गाबिसका सचिवहरु, नगरपालिकाका कार्यकारी अधिकृत, पेशागत शिक्षँक संगठनका अध्यक्षहरु, सामुदायिक बिद्धालयका प्रधानाध्यापकहरु, अपाङगता भएका ब्यक्ति लगायत गरि ४० जनाको सहभागिता रहेको थियो ।

अपाङग उत्थान समाज कपिलबस्तुका सचिव कमल प्रसाद ढुंगानाको संचालन, उपाध्यक्ष ओरीराम चौरसियाको स्वागत र समाजका अध्यक्ष हेमनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यसैगरि नेपाल राष्ट्रिय उच्च माबि मुडफुटवाबाट अपाङग परिचयपत्र बितरण शिविरले ३७ जना अपाङगता भएका ब्यक्तिहरुलाई अपाङग परिचयपत्र बितरण गरेको छ ।

नागरिकता नभएका अपाङगहरु परिचयपत्रबाट बन्चित भएका छन् भने बहिरा र सुस्तमनस्थिती रहेका ४ जना अपाङगता भएका व्यक्तिलाई लुम्बिनी अंचल अस्पतालबाट चिकित्सकको सिफारिस लिन सो शिविरले सिफारिस गरिएको महिला बिकास अधिकृत कलावती ओझाले जनकारी गराउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..