» » नव विचार समूहको उपत्यका समिति गठन


काठमाडौँ , असार ११ गते । रिजवान अन्सारी नेतृत्वको संघिय नवाबिचार समूह, नेपालले पार्टी केन्द्रिय कार्यालय बिजुलीबजारमा एक कार्यक्रम गरि  रजनी मल्लिको नेतृत्वमा १९ सदस्सिय उपत्यका तदर्थ  कमिटी गठन गरेको छ ।

कमिटिमा अजय खड्का, प्रतिक्षा खड्का, माया मगर, जित माया महर्जन लगायत रहेका छन्  ।  कार्यक्रममा समूहका संयोजक अन्सारीले देशमा सम्पूर्ण पार्टीहरु विभिन्न क्षेत्रमा असफल भइसकेकाले  अब नयाँ शक्तिको  आवश्कता रहेको जिकिर गर्नु  भयो ।

अबको आवश्यकता राष्ट्रिय चरित्रको पार्टी रहेकोले सबै समुदायलाई समेटेर पार्टी निर्माणमा जुटेको बताउनु भयो ।  राजनीतिसँग घृणा नगरी देश निर्माण र राजनीतिक, सामाजिक, आर्थिक विकासक लागि राजनीतिमा आउनुको विकल्प नरहेकोले  युवाहरुलाई राजनीतिमा आउन आह्वान गर्नु भयो ।

कार्यक्रममा समूह नेता महावीर प्रसाद मल्लि, राजु भुजेल , दिनेश पाख्रिन लगायतको सहभागिता रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..