» » उपराष्ट्रपति पुनको पहिलो भ्रमण चीन, को को जाँदैछन् चीन ?


काठमाडौं, जेठ २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबारदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ । आफ्नो चीन भ्रमणबारे उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइ सक्नु भएको छ ।
भेटमा राष्ट्रपति र प्रधानमन्त्रीले उपराष्ट्रपतिलाई चीन भ्रमणका लागि शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उहाँले आफूले चौथो चीन–दक्षिण एसिया मेला, २४ औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने जानकारी गराउनुभयो ।

उपराष्ट्रपति चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ११ बजे चीन प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।

यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..