» » लक्ष्मणलाल कर्णले दिनुभयो सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम


काठमाडौ, असार ११ गते । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले वार्ताबाट समस्या समाधानका लागि सरकारसँग असार मसान्तसम्मको समय मात्र रहेको बताउनु भएको छ ।

सरकारले जति ढिलो गरे त्यति नै समस्या बल्झदै जाने बताउँदै उहाँले काँग्रेस, एमाले र माओवादीसहितको सहमतिमा वार्ता टोली बनाएर वार्ताको प्रकृया अगाडि बढाउन सुझाव पनि दिनुभयो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले असार मसान्तसम्मको समय सरकारले सदुपयोग नगरे गठबन्धनमा आबद्ध दलहरु आआफ्नो क्षेत्रमा झर्ने चेतावनी पनि दिनुभयो । उहाँले साउनबाट मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा अझै शसक्त आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

सहअध्यक्ष कर्णले वार्ताकालागि आन्दोलनको क्रममा घाईते भएकाको उपचार, मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति तथा झुठामुद्दा खारेज गरेर न्यायीक छानविन आयोग गठन गर्नु पर्ने भन्दै औपचारिक वार्ता अघि सरकारले अनौपचारिक वार्ता गर्नु पर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग सहमति नगरी प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध नहट्ने बताउनुभयो ।

वर्तमान सरकारमा काँग्रेस कुनै पनि हालतमा सहभागि नहुने स्पष्ट पार्दै उहाँले  काँग्रेस अहिलेको सरकारमा सहभागि भए नौ महिना अघि गरेको निर्णय गलत ठहरिने भएकोले आफूहरु त्यसमा तयार नरहेको बताउनुभयो ।

केसीले मधेसी मोर्चाले भने जस्तो संविधानको पुर्नलेखनको अधिकार कसैसँग नभएकोले त्यो पुरा हुन नसक्ने भन्दै संसोधनको बाटोबाट मात्रै अघि जान सकिने धारणा राख्नुभयो ।

उहाँले सरकारले बनाएको कुनै पनि वार्ता टोलीमा काँग्रेस सहभागि नहुने स्पष्ट पार्दै वार्ताका लागि दलीय वार्ता टोली बनाउनु पर्ने धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ्गले मधेसको अधिकांश माग जायज भएकोले त्यसलाई संवाद र सहमतिको बाटोबाट हल गर्नु पर्ने भन्दै मुलुकको समस्या समाधान अल्पमत र बहुमतको बाटोबाट हुन नसक्ने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..