» » बसमा आगो लाग्दा एक महिलाको मृत्यु (फोटो फिचर)


सिरहा, जेठ २७ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।


इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो ।

दुर्घटनामा एक नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ । बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..