» » कुषक उपयोगी धानको अनुसन्धान शुरु


जनकपुरधाम, जेठ २० गते । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, हर्दिनाथले हावापानी सुहाउँदो र कृषक उपयोगी प्रविधि विकास सन्दर्भमा धानबालीको नयाँ जातको अनुसन्धान कार्य गरिरहेको छ ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको सक्रियतामा उपभोक्ताको रुची र आवश्यकतालाई ध्यानमा राखेर मसिना तथा बासनादार एवम् कालो धानको जातीय विकास र अनुसन्धान कार्य प्रभावकारी ढङ्गले भइरहेको जनाएको छ । परिषद्का अनुसार सुक्खा र डुबान क्षेत्रका लागि भइरहेको अनुसन्धान कार्यले आगामी केही वर्षमा थप नयाँ जात विकास हुने निश्चित छ ।

यसबाहेक हिउँदे बोरो धान, चैते धानमा पनि अनुसन्धान भइरहेको छ । यसैगरी हाइब्रिड धानप्रतिको कृषकको आकर्षण बढ्दो, माग तथा भारत र चीनबाट आयातीत हाइब्रिडले नेपाली बजार हासिल गरिहेको अवस्थामा नेपालमै आफ्नै साधन स्रोतबाट हाइब्रिड धान गर्नुपर्ने महसुस गरी हर्दिनाथमा हाइब्रिडसम्बन्धी पनि अनुसन्धान कार्य भइरहेको छ ।

धान संयोजक वेदानन्द चौधरी निकट भविष्यमा नेपाली हाइब्रिड धान बजारमा उपलब्ध गराउन प्रयास जारी रहेको बताउनुहुन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन गर्ने जिल्लामा झापा, मोरङ, रुपन्देही, बर्दिया र कैलाली रहेका छन् । धानले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत योगदान पु¥याएको बताइएको छ ।

परिषद्ले राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट हालसम्म धानका ७६ वटा जात विकास गरेको छ । धान संयोजक चौधरीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमद्वारा देशका विभिन्न हावापानी सुहाउँदो सिञ्चित क्षेत्र, असिञ्चित क्षेत्र, पाखो जग्गा, सुक्खाग्रस्त तथा डुबान क्षेत्रका लागि धानका जात विकास भइसकेका छन् ।

सो कार्यक्रमद्वारा सिञ्चित क्षेत्रका लागि विकास गरिएको सावित्री, रामधान, राधा– १२, मकवानपुर–१, हर्दिनाथ–१ जस्ता जात बढी लोकप्रिय छन् । त्यस्तै सुक्खाग्रस्त क्षेत्रका लागि विकास गरिएको सुक्खा धान– १ देखि ६, हर्दिनाथ–२, तरहरा–१ जात बढी प्रख्यात रहेको बताइन्छ । यसैगरी डुबान क्षेत्रका लागि विकास गरिएको स्वर्णा सव–१, सावा मन्सुली सव–१ जात पनि कृषकमाझ प्रचलित रहेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..