» » उपेन्द्र यादव अष्ट्रेलियामा


सिड्नी असार ४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अष्ट्रेलिया पुग्नु भएको छ ।

नेपाली समय अनुसार यादवले शनिवार दिउँसो बाह्र बजे अष्ट्रेलियाको सिड्नी विमानस्थलमा अवरतरण गरेका छन् ।

पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेका यादवलाई अष्ट्रेलिया स्थित नेपालका कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, नेपाली वाणिज्य दूत दिपक खड्का, संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाज (नेफेसो) का अध्यक्ष गणेश तामाङले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

सिड्नीस्थित विभिन्न नेपाली समाजका प्रतिनिधिहरुले समेत यादवको स्वागतमा विमानस्थल पुगेका थिए ।

संघीय समाजवादी फोरम नेपाल अष्ट्रेलिया समाजको निमन्त्रणमा फोरम नेपालका अध्यक्ष यादव शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुन साता लामो भ्रमणका लागि अष्टे«लिया प्रस्थान गरेका थिए ।

नेफेसो अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङका अनुसार यादवले आइतबार त्यहाँ सांसदहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सिड्नीको संसद भवनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाली राजनीतिक दलका नेता तथा सांसदहरुसँग भेटघाटको कार्यक्रम राखिएको नेसेफो अध्यक्ष तामाङले जनाकारी दिनुभयो ।

तामाङका अनुसार यादवले पूर्व अध्यागमन मन्त्री टोनी बर्क, सांसद सोफी कोटसिस, क्यान्टबरीका पूर्व मेयर कार्ल सालेह लगायततका नेताहरुसँग भेटघाट गर्नु हुनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..