» » तमलोपा महाधिवेशनः त्रिपाठीले भन्नुभयो, महन्थ बाहेक अध्यक्षको उम्मेदवार कोही छैन


मनिष गुप्ता
नवलसरासी असार ४ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीका सम्पूर्ण केन्द्रीय नेता नवलपरासीमा आइसक्नु भएको छ । महाधिवेशनका बाँकी तयारीमा उहाँहरु लाग्नु भएको छ ।
महाधिवेशनका लागि बनेका विभिन्न ११ समितिले आआफ्ना कार्य अन्तिम अन्तिम चरणमा पुर्याएको छ । मुलरुपमा महाधिवेशनको तयारीका जिम्मेवारी लिएर विगत एक महिनादेखि नवलपरासीमा बस्नुभएका तमलोपा नेता ह्रदशय त्रिपाठीले ७५ प्रतिशतभन्दा बढी तयारी भइसकेको र बाँकी कामको तयारीमा नेता तथा कार्यकर्ताहरु जुटेको बताउनुभयो ।
सहारा टाइम्ससँग कुरा गर्दै उहाँले पार्टीका सबै कार्यकर्ता तथा नेताहरु उत्साहका साथ तयारीमा लागेका छन्, १० वर्षपछि भइरहेको महाधिवेशनले पार्टीमा एउटा नयाँ उत्साह र उर्जा थपिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको अध्यक्षमा महन्थ ठाकुरबाहेक अरु कोही पनि उम्मेदवार नरहेको बताउँदै उहाँले भन्नुभयो, सबै पदमा सर्वसम्मति हुने सम्भावना बढी छ । यदि चुनावै भयो भने महासचिव, सहमहामन्त्रीमा मात्र चुनाव हुनेछ ।
महाधिवेशनका लागि एकदेखि डेढ करोड रुपियाँ खर्च हुने र १५ हजार व्यक्तिको उपस्थिति रहने पार्टी स्रोतले जनाएको छ । देश विदेशबाट आउने अतिथिहरुका लागि बास, खानपिनको व्यवस्था पनि भइसकेको पार्टी स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..