» » दिपेन्द्र झालाई अनिल कर्णको तीन प्रश्न, के आउँछ त यसको जवाफ ?

-अनिल कर्ण
दिपेन्द्र झाजी बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । तर उत्पीडित मधेशी समुदायको पक्षमा उहाँको तार्किक स्वर र अतुल्य तत्परताले मलाई सधैँ आकर्षित गर्दैआएको छ ।

राजविराजनजिकको एउटा बस्तीमा उहाँ मुसहर परिवारमा भोजन गरिरहनुभएको तस्बीर पोष्ट गर्नुभएको छ , क्षमायाचना अभियानको क्रममा ।

झाजीसँग मेरो आग्रहः

१. मुसहर समुदायले सधैँ तपाइजस्तालाई खुवाउन सक्ने अन्नद्रव्यको जोहो गर्न सकोस् । यसका लागि त्यस समुदायलाई आर्थिकरुपमा आत्मनिर्भर र सम्पन्न बनाउने योजनामा काम गर्दा कस्तो होला ?

२. एक दिन मात्र किन खाने । त्यस बस्तीमा सधैँ खान मुसहरहरुको स्वामित्व, रेखदेख र सञ्चालनमा सामुदायिक भवन बनाउने र दातापोषित गैरसरकारी संस्थाहरुको कार्यक्रम ठूल्ठूला होटेलमा गर्नुभन्दा त्यहाँ किन नगर्ने ?

३. मुसहरबस्तीमा होमस्टेको अवधारणा कार्यान्वयन गरेर तपाईं र मजस्ताहरु राजविराज जाँदा यस्तै बस्तीमा किन नबस्ने ?

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..