» » विद्यालय व्यवस्थापन समितिको चयनमा गोली चल्यो


रौतहट, जेठ ३२ गते । जयकिसान उमावि धरहरी रौतहटको विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा झडप गर्ने दुवै पक्षमाथि प्रहरीले मुद्दा चलाएको छ ।

जेठ २७ गते विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा रेजा नलगाई २१ मत बढी खसेको जनाई दुवै पक्षबीच झडप भएको थियो ।

सोही क्रममा ढुङ्गामुढा र गोली हानाहान हुँदा चार घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कुनै किसिमको विवाद उत्पन्न हुन नदिन विद्यालय क्षेत्र वरिपरि रहेका दुवै पक्षलाई प्रहरीले तितरवितर गरी उम्मेदवार र मतपेटिकालाई सदरमुकाम गौरमा ल्याई मतगणना गरिएको थियो ।

यसै क्रममा सोही दिन राति ११ बजे गाउँमा पुनः दुवै पक्षबीच झडप भएको थियो ।

प्रहरीले दुवै पक्षका तीन अभियुक्तलाई हतियारसहित पक्राउ गरी मुद्दा दायर गरेको छ । अभियुक्तमा धरहरी – ५ का २२ वर्षीय पुरुषोत्तम साह, वडा नं ८ का अवधेशकुमार साह र धरहरीकै विवेककुमार यादव रहेको रौतहटका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..