» » अनसनकारीलाई गुलाबको फूल


काठमाडौं, जेठ २५ गते । नेपाली जनताको जनजीवन र मुलुकका अन्य कुनै गतिविधिलाई अवरोध उत्पन्न गरी संघीय गठबन्धनका नेताहरुले थालेको रिले अनसनप्रति एक्यबद्धता जनाउँदै मधेशवाणी सप्ताहिकका सम्पादक डा.राजेश अहिराजले अनसनकारीलाई गुलाबको फूल दिनुभएको छ ।

आजबाट टुडिखेलमा गठबन्धनले शुरु गरेको रिले अनसनस्थलमै पुगेर अनसनमा बस्नु भएका सबैलाई एउटा एउटा गुलाबको फूल दिएर आन्दोलन सफलताको कामना पनि गर्नुभयो ।

जायज मुद्दालाई उठान गर्न नेतृत्वपंक्तिले थाल्ने जुनसुकै सत्याग्रही आन्दोलनलाई सम्पूर्ण बौद्धिक जमातले सहयोग र समर्थन गर्नुपर्ने विचार राख्दै डा. अहिराजले भन्नुभयो, ‘बल्ल हाम्रा नेताहरु देश जनतालाई कष्ट नदिएर नयाँ किसिमको आन्दोलनको थालनी गर्नुभएको छ ।

वास्तवमा नेताहरुले सत्याग्रह आन्दोलन, अवज्ञा आन्दोलन, अनसन र अन्य भद्र किसिमका दबाबपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्दै जानुपर्छ ।’

नेतृत्वपंक्तिको यस्तो निर्णयले मुद्दा र नेताको उचाई बढाएको छ भने राज्यमाथि दबाब पनि उतिकै मात्रामा दिएको छ । नेपाललाई रंगभेद र विभेदबाट मुक्त गर्न थालिने जुनसुकै भद्र आन्दोलनलाई हामी सबै सरोकारवालाहरुले सद्भाव, समर्थन र सहयोग बढाउँदै जानुपर्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..