» » असार १५ भित्र डुमरा गाविसलाई खुल्ला दिशामुक्त गरिने


मनिष गुप्ता
कपिलबस्तु जेष्ठ २९ गते । १७ औं राष्टिय सरसफाई सप्ताह कार्यक्रम २०७३  अन्र्तगत कपिलबस्तुमा बिबिध सचेतना एवं सहभागितामुलक कार्यक्रमहरु संचालन गरिएको छ ।

“घरघरमा स्वच्छ खानेपानी, सुलभ सौचालय र वातावरणमैत्री हाम्रो अभियान, रोगमुक्त, सभ्य र नमुना गाउ बनाउने सपना हो हाम्रो डुमराको अभियान ” भन्ने नाराका साथ जिल्लाको डुमरा गाबिसमा आज चेतनामुलक र्याली निकालिएको हो ।

डुमरा गाबिसलाइ यहि असार १५ भित्रमा खुल्ला दिशामुक्त गर्ने लक्ष्य अनुसार डुमरा गाबिसस्थित गाबिस स्तरिय सरसफाइ तथा स्वच्छता समन्वय समितीको आयोजना, जिल्ला बिकास समिती कपिलबस्तु अन्र्तगत रहेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र महामाया सामाजिक बिकास संस्थाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उता डुमरा गाबिसमा शुन्य लगानीमा खुल्ला दिशामुक्त गर्ने अभियानमा लागिएको गाबिस सचिव बैतुल्लाह धुनियाको भनाइ रहेको छ ।

गाबिसलाइ खुल्ला दिशा मुक्त गर्न सरकारी गैरसरकारी निकाय लगायत स्थानीय राजनैतिक दलहरुको साथसहयोग एवं पत्रकार, संचारकर्मीहरुको साथ निरन्तर रहेपनि स्थानीय जनताको एउटै लगाव भएमा अभियानले सार्थकता पाउने सचिव धुनियाले बताउनुभयो ।

गाबिसलाइ खुल्ला दिशामुक्त गर्न राजनैतिक दलको समर्थन र सहयोग रहने नेपाली कांग्रेस प्रतिनिधि अब्दुल मन्नान खांले बताउनुभयो ।

सहजीकरणमा महत्वपुर्ण भुमिका खेलेको महामाया सामाजिक बिकास संस्थाका अध्यक्ष दिपेन्द्रनाथ शुक्लाले ३  महिनादेखि खुल्ला दिशा मुक्त गर्ने कार्य जारी रहेको बताउनुभयो ।

कार्यक्रममा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना जिल्ला बिकास समितीका अगुवा वास सहजकर्ता कल्पना खनाल, कमला सापकोटा, गाबिसका स्थानीय अगुवा सन्तराम पासी लगायत पत्रकार, चारकर्मी, सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

सरसफाइ सप्ताहको अवसरमा जिबिसले जिल्लाका १६  गाबिसमा भियान संचालन गरिएसंगै बिभिन्न कार्यक्रम संचालन गरिएको छ ।

“घरघरमा सफा चर्पि हामी जिम्मेवार, स्वच्छ पानी स्वस्थ बानी हाम्रो सरोकार” भन्ने मुलनाराका साथ १७ औं राष्टिय सरसफाइ सप्ताह र्यक्रम २०७३ कपिलबस्तुमा मनाईएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..