» » यसपाली बिरालोको घाँटीमा गोविन्द चौधरीले घण्टी बाँध्ने


नवलपरासी, असार ५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको तयारी सँगै को अध्यक्ष बन्ने को पादधिकारीमा आउने, को मनोनित हुने, के केमा चुनाव गर्ने के मा चुनाव गर्ने विषयमा चर्चा व्यापक भइरहेको छ ।

पदहरुको दावी गर्नेहरु महाधिवेशनस्थलमा कमी छैन । अध्यक्षमा महन्थ ठाकुरको सुनिश्चित भएपनि गोविन्द चौधरीले आफू पनि अध्यक्षमा उम्मेदवारी दिने दावी गर्दै आउनुभएको छ तर उहाँको कुरा कसैले पत्याएको छैन ।

नेताहरु भन्छन्, यो उहाँको हल्ला मात्रै हो । तर सहारा टाइम्सले सम्पर्क गर्दा यसपाली विरालोको घाँटीमा आफूले नै घण्टी बाँध्ने बताउनुभयो । उहाँले अध्यक्षको उम्मेदवार आफू पनि रहेको र अन्य पदहरुमा पनि चुनाव हुने बताउनु भयो ।

महाधिवेशन स्थलमा पदहरुको दावी गरेर चर्चामा रहनुभएकाहरु उपाध्यक्षमा ह्रदयस त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृषेशचन्द्र लाल, बीपी यादव, गोविन्द चौधरी, महामन्त्रीमा जितेन्द्र सोनल, उमाकन्त झा, जंगीलाल राय यादव, समिम अन्सारी, बृजेश गुप्ता, इश्वर दयाल मिश्र, पुष्पा ठाकुरको दावी रहेको छ ।

त्यस्तै कोषाध्यक्षमा कविन्द्र ठाकुर, महाजन यादव, अनिता यादव, जयप्रकाश ठाकुरको हालसम्म दावी रहेको देखिन्छ ।

सह–महामन्त्रीमा डा.विजय सिह, जितेन्द्र सिह, कृष्णा सिह, रिता झा, चन्दा चौधरी, राकेश मिश्र, सुरेन्द्र झा, गणेश नेपाली, केदार चौधरीको दावी देखिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..