» » रिले अनसनमा देखियो महिला शक्ति (हेर्नुस् फोटोहरु)

काठमाडौ असार १५ गते । जेठ २५ गतेदेखि शुरु भएको रिले अनसनको आज २३ औं दिन हो । आज राष्ट्रिय मधेश समाजवादी पार्टीकी नेतृ निलम वर्माको नेतृत्वमा अनसन बसिरहेको छ । आज सो अनसनमा ४० जनाको सहभागि रहेको संघीय समाजवादी फोरम नेपालकि नेतृ जया यादवले बताउनु भयो ।

४० जनामध्ये अधिकाँश महिलाको नै सहभागि रहेको सो अनसन अरु दिनको तुलनामा भरिभरि देखिएको छ । महिलाहरुको विशेष सहभागित भएका कारणले होला, अनसनको रौनक नै अर्र्कै देखिएको छ । मधेश आन्दोलनमा मधेशी महिलाले आफ्नो जवर्जस्त उपस्थिति देखाएका थिए । र, यो अनसनमा पनि महिलाले आफ्नो उपस्थिति देखाएर मधेशका महिला पनि अब कुनै मामलामा कम छैन, आफ्नो अधिकारका लागि लड्न तयार छ भने कुराको पुष्टि एकपटक पुनः भएको नेतृ जया यादवले बताउनुभयो ।

महिला भनेको एक शक्ति हो, त्यो शक्ति नलागेसम्म कुनै काम सफल हुँदैन, यो मधेश आन्दोलनमा पनि महिलाको अपूर्व सहभागिता देखिएकाले हेर्नुहोला यो आन्दोलन सफल हुन्छ, जया यादवले भन्नुयभो ।

अनसनको व्यवस्थानमा निरन्तर रहनु भएका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झाले पनि अरु दिनको तुलनामा महिलाको सहभागिता आज अलि बढी रहेको बताउनुभयो । हुन त अरु दिन पनि महिलाहरु उपस्थित रहन्थे, कुनै नकुनै रुपमा अनसनमा पनि सहभागि हुन्थे तर आज महिलाको विशेष उपस्थिति रहेको उहाँले बताउनुभयो ।









About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..