» » तमलोपमा यी पदहरुमा हुन्छ चुनाव


काठमाडौ असार ८ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको विधान हिजो पारित भएको छ । विधानमा कार्यसमितिको चुनाव हुने बताइएको छ ।

७५ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ अध्यक्षको मात्र चुनाव हुने र बाँकी सबै मनोनित हुने प्रावधानलाई हटाएर कार्यसमितिमा आउने पदाधिकारी तथा केन्द्रीय सदस्यको चुनाव हुने प्रावधान ल्याएको महाधिवेशन प्रचार प्रसार समितिका संयोजक जितेन्द्र सोनलले बताउनुभयो ।

यद्यपी चुनावी प्रकृयामा गएपछि सर्वसम्मति खोज्ने प्रयास पनि हुने बताइएको छ ।

त्यसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई महासचिव, एक कोषाध्यक्ष, दुई सहमहामन्त्री, ५० केन्द्रीय सदस्य पदमा चुनाव हुने छ भने एक उपाध्यक्ष, एक महामन्त्री, एक सहमहामन्त्री मनोनित, एक सहकोषाध्यक्ष मनोनित, एक प्रवक्ता, एक सहप्रवक्ता र १८ जना केन्द्रीय सदस्यलाई मनोनित गर्ने प्रावधान विधानमा उल्लेख गरिएको बताइएको छ ।

त्यस्तै देश संघीयता गएपनि विधानमा पार्टीको संरचनालाई संघीय संरचनामा ढालिएको छैन । देशमा कति वा मधेशमा कति प्रदेश हुने कुरा पनि विधान उल्लेख गरिएको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..