» » सुरक्षाका लागी सिसीटिभी क्यामरा


मनिष गुप्ता
कपिलवस्तु, जेठ २१ गते । कपिलवस्तुको तौलिहवा नगर क्षेत्रमा सुरक्षा संबेदनशिलतालाई मध्यनजर गरि सिसीटिभी क्यामरा जडान गर्न पहल गरिएको छ ।

 तौलिहवा उधोग बाणिज्य संघको आयोजनामा माहुरी होममा सम्पन्न बित्तिय क्षेत्र र बैङ्कका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी बीचको छलफलमा सो निर्णय गरिएको हो ।

बैठकमा जिल्ला प्रशासन चौकको क्षेत्र निगरानी गर्न मेगा बैङ्कले क्यामरा जडान गर्ने, पुरानो हाटबजार क्षेत्रमा राष्ट्रिय बाणीज्य बैङ्क साथै एभरेष्ट बैङ्क र लक्ष्मी बैङ्कले क्यामरा जडान गर्ने, कृषी बैङ्क रोडमा कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाले सिसी क्यामरा जोडने र चौक बजार क्षेत्रमा दिनेश सुनचाँदी पसल, नित्यानन्द ज्यलर्सले क्याम्रा जोडने प्रतिबद्धता जनाएका छन ।

त्यसैगरि शिवमन्दिर टोलमा एभरेष्ट फाईनान्स, बहादुरगंज जाने हुलाकी चौकमा व्यवसायी अनिल कुमार कसौधन र हाटबजार लाईनमा मख्खन स्विटस, अस्पताललाईन क्षेत्रमा मार्स कम्प्युटरले, गौढीचौकमा सेवा बिकास बैङ्कले, आन्दोलनचौक (नयाँटोल) र भिक्षु चौकमा उधोग बाणिज्य संघले व्यवस्थापन गरि सिसी क्यामरा जडान गर्ने निर्णय गरिएको तौलिहवा उधोग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले जानकारी गराउनुभयो ।

यसै आर्थिक वर्षकै अवधिमा क्यामरा जडान गर्ने गरि पहल गरिएको जनाउदै सिसी क्यामरा जडानले नगर क्षेत्रको सुरक्षा सर्तकता बृद्धिमा सहयोग पुर्याउने कुर्मीले बताउनुभयो । बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चिरन्जिबी दाहाल, बैङ्क तथा बित्तिय क्षेत्रका प्रबन्धक र प्रतिनिधी सगै बाणिज्य संघका पदाधिकारीको सहभागीता रहेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..