» » महिला हिंसाको यो नमुनाः श्रीमानको कुटपिटले श्रीमतीको गर्भपतन


मनिष गुप्ता
कपिलवस्तु, असार १ गते । जिल्लाको बलरमवापुरमा श्रीमानको कुटपिटबाट एक महिलाको गर्भपतन भएको छ । जिल्लाको बलरमवापुर गाबिस ६ शंकरपुरकी २६ बर्षिय मुस्लिम समुदायकी महिलालाई उनका श्रीमानले दुई दिन अघि कुटपिट गरेका कारण आज गर्भपतन भएको हो ।

विवाह भएको १० वर्षको अवधीमा श्रीमानको कुटपिटका कारण पाँच पटक गर्भ तुहिएको पिडित महिलाको दावी छ । पछिल्लो ६ वर्ष यता आफु माथी कुटपिट हुदाँ तीन देखी नौ महिनासम्म कुटपिट गर्दा गर्भ तुहिएको उहाँले बताउनुभयो ।

श्रीमानले गत जेठ ३१ आफनै घरमा मुखमा कपडा कोचेर दुबै हात बाधी पेटमा लात्तीले हानेको र सो बिषयमा बाहिर कुरा आउन सक्ने भन्दै आफुलाई दुई दिन घरभित्रै थुनेको पडित महिलाले दुखेसो पोख्नुभयो ।

घरबाट  थुनिएकी उहाँलाई मंगलबार सो बिषयमा कसैलाई जानकारी नदिने सर्तमा श्रमिानले छोडे पछि उहाँ तौलिहवा आउनु भएको हो । तौलिहवा आएकी उहाँलाई आवश्यक सहयोगका लागी कपिलवस्तु नगरपालिका २ भिक्षुचौकका स्थानिय समाजसेवीले साथी संस्थाको महिला आश्रय गृहमा पुर्याएका थिए ।

महिला आश्रयगृहमा आश्रय सेवा दिईएकी उहाँको बुधबार बिहान एकाएक रत्तश्राब शुरु भए पछि संस्थाको पहलमा उपचारका लागी जिल्ला अस्पताल तौलिहवा पुर्याईएको थियो ।

श्रीमानको कुटपिटले घाईते भएकी उहाँको अस्पताल पुर्याए पछि गर्भपतन भएको आश्रय गृहकी प्रमुख माया ज्ञवालीले जानकारी दिनुभयो । पिडितलाई उपचारका लागी संस्थाले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

पिडित महिलाले आफनो श्रीमानले आफुलाई कुटपिट गरि गर्भपतन गराएको भएको भन्दै प्रहरीमा जाहेरी दिनुभएको छ । श्रीमतीलाई कुटपिट गरी गर्भपतन भए पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोलीले उहाँका श्रीमानलाई नियन्त्रणमा लिई थुनामा राखी अनुसन्धान अगाडी बढाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..