» » गच्छदारले भन्नुभयो, आन्दोलनले कसैलाई फाइदा हुँदैन


 मोरङ, जेठ २९ गते । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयनका लागि मुख्य दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको विराटनगरमा हिजो पार्टीका कार्यकर्तासँगको भेटमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले आन्दोलनले कसैलाई पनि फाइदा नहुने भएकाले वार्ता र छलफलबाटै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानले हिमाल, पहाड र तराई मधेस सबैको भावनालाई सम्बोधन गरेकाले संविधान कार्यान्वयन भएसँगै सबैको माग सम्बोधन हुने जिकिर गर्नुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको जायज माग पूरा गर्न सरकार तत्पर रहेकाले वार्ता छलफलबाटै समस्याको समाधान खोज्न मोर्चालाई उहाँले आग्रह गर्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..