» » नेपाल ज्योतिष परिषदको ११ सदस्यि समिति गठन


मनिष गुप्ता
कपिलवस्तु, जेठ २१ । कपिलवस्तुको तौलिहवामा सम्पन्न नेपाल ज्योतिष परिषदको प्रथम अधिबेशनले दुधनाथ उपाध्याय (मुरारी) को अध्यक्षतामा ११ सदस्यि जिल्ला शाखा गठन गरेको छ ।

तौलिहवामा सम्पन्न जोतिषीहरुको भेलाले परिषदको उपाध्यक्षमा खेमराज पौडेल, सचिवमा पशुपतिमणी त्रिपाठी, कोषाध्यक्षमा पुण्य प्रसाद पन्थी र सदस्यहरुमा क्रमशः कुबेरनाथ उपाध्याय, भानुभक्त खनाल, लोकनाथ खनाल, रामदेब बर्मा, ठण्डा प्रसाद उपाध्याय, राजकुमार पन्थी र अशोक कुमार मिश्र निर्बिरोध चयन हुनु भएको छ ।

त्यसै गरि परिषदको जिल्ला शाखा संरक्षकमा भारतका लागी पुर्व नेपाली राजदुत दीपकुमार उपाध्याय, साहित्यकार हरिराज शर्मा र रबिन्द्रनाथ मिश्र रहनु भएको छ । सो अवसरमा आयोजित जिल्ला अधिबेशनमा तीन ज्योतिषी भानुभक्त खनाल, कुबेरनाथ उपाध्याय र खेमराज पौडेलले स्वास्तिबाचन सगै कार्यक्रममा दिप प्रज्जवलन गरि कार्यक्रम उदघाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पुर्व राजदुत दिपकुमार उपाध्यायले सनातन हिन्दु धर्मको एक मुख्य बिषय ज्योतिष समेत रहेकाले ज्योतिष परिषदको जिल्ला शाखा गठनले संस्कृती संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।  जिल्लामा रहेका ज्योतिष क्षेत्रमा क्रियाशिल सम्पुर्णलाई एकाकार गरि मौलिक संस्कृति संरक्षण गर्दा जिल्ला शाखा गठन गरिएको गठित शाखाका अध्यक्ष दुधनाथ उपाध्याय (मुरारी) ले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..