» » बलात्कार घटनाः नेपाली काग्रेसद्धारा घटनाको निन्दा


मनिष गुप्ता
कपिलवस्तु असार १ गते । जेठ ३० गते भएको बलात्कारको घटनाको नेपाल का
ँग्रेस कपिलवस्तुले घोर भत्र्सना गरेको छ ।
आज एक विज्ञप्ति जारी गरी दोषीलाई कार्वाहि गर्न माग गरेको छ । नेपाली काग्रेस शिवराज नगरपालिका वडा नं १० ले कपिलवस्तुका विभिन्न निकायमा ज्ञापन पत्र बुझाउदै दोषीलाई उम्कीन नदिन रकडा भन्दा कडा कार्वाहि गर्न माग गरेको हो ।

नेपाली काग्रेस शिवराज नगरपालिका नगर सदस्य अलगु प्रसाद थारुको छोरी नाम परिवर्तीत रविना थारुको गत जेठ ३० गते सझा सशस्त्र प्रहरीकै जवानबाट बलात्कृत भएको घटना न्दिानिय भएको भन्दै न्यायको माग गरिएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रौटा,सशस्त्र प्रहरी बल विन्ध्यवासीनीगण लगायतका विभिन्न निकायमा ज्ञापन पत्र बुझाइएको हो ।  सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले दोषीलाई संरक्षण गरेको ,हाल सम्म पिडितलाई उपचार नगराएको भन्दै तत्काल उपचार गराउन माग गर्दै नेपाली काग्रेस शिवराज नगरपालिका वडा नं १० का सभापती तारा प्रसाद पौडेल र सचिव जन्जीत बन्जाडेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..