» » विप्लवका २१ कार्यकर्ता पक्राउ

काठमाडौ जेठ २७ गते । नेपाल बन्दको आह्वान गर्दै बन्द गराउँदै हिडेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ता पक्राउ परेको छ ।

देशका विभिन्न ठाउँमा पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखेको छ । यसैबीच बन्दकर्ताहरुले विहानै तीनकुनेमा एउटा ट्याक्सी जलाएको छ ।

बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..