» » तमलोपाले गर्यो महाधिवेशनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

पत्रकारसँग अन्तरक्रिया गर्दै प्रचार प्रसार समितिका संयोजक जितेन्द्र सोनल

काठमाडौ जेठ २६ गते । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रचार प्रसार समितिका संयोजक एवं तमलोपाका महामन्त्री जितेन्द्र सोनलका अनुसार महाधिवेशनमा अतिथिको रुपमा आउने देशी विदेशीलाई निमन्त्रणा पनि पठाईसकेको छ ।

नवलपरासीको रामग्राममा असार ६ गतेदेखि ८ गतेसम्म हुने महाधिवेशनका लागि भारत, अमेरिका, चीन, म्यानमार, श्रीलंका, युरोपियन देशलगायतका प्रतिनिधिलाई निमन्त्रणा पठाइएको संयोजक सोनलले जानकारी दिनुभयो ।

साथै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर विभिन्न पार्टीका अध्यक्षहरु, सांसद, पत्रकार, बुद्धिजिवी, व्यपारीलगायतलाई निमन्त्रणा गरिएको छ । हालसम्म दुई हजार निमन्त्रणा कार्ड वितरण भइसकेको छ ।

यसैबीच, प्रचार प्रसार समितिका संयोजक सोनलले आज राजधानीका दैनिक पत्रिका, अनलाइन, टीभीलगायत सञ्चारमाध्यममा मधेश बीटमा काम गर्ने पत्रकाहरुसँग अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा पत्रकारहरुले विभिन्न सुझावहरु दिनुभएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..